Logo
|
Friday 19th April 2024
Logo

epaper

डन्डिफोर छ ?यसरी सेभिङ गर्नुस्



कतिपय पुरुषले दैनिक दाह्री काट्न चाहन्छन् । जसले पुरुषलाई सुन्दर देखाउन पनि मद्दत गर्छ । तर, कतिपयको छाला संवेदनशील हुन्छ । जसका कारण सेभिङपछि विभिन्न समस्या आउने गर्छ । उसो त कतिपयको अनुहारमा पिम्पल्स पनि हुन्छ । यस्तो अवस्थामा सेभिङ गर्न निकै कठिनाइ उत्पन्न हुन्छ । यी हुन् पिम्पलयुक्त अनुरमा पनि सजिलै सभिङ गर्ने टिप्स :

अनुहारको सफाइ
सेभिङ गर्नुभन्दा पहिला अनुहारलाई राम्रोसँग पानीले सफा गर्नुपर्छ । त्यसपछि नरम टावेललाई अनुहारमा केही बेरसम्म अँठ्याएर राख्नुस् । जसले तपाईको अनुहारलाई मुलायम गराउँछ । यसो गर्दा अनुहारको रौँका जरा पनि खुल्ने गर्छ । जसकारण तपाईंको सेभिङलाई आरामदायी बनाउन सहयोग पु-याउँछ ।


सेभिङ आयल
त्यसपछि पनि सीधै सेभिङ गर्नुको साटो सेभिङ आयलको प्रयोग गर्न सक्नुहुन्छ । यस्तो आयलले अनुहारमा राम्रोसँग मसाज गर्नुपर्छ । जसले अनुहारलाई नरम बनाउने गर्छ । यसले पनि तपाईं आरामसँग सेभिङ गर्न सक्नुहुन्छ । यसो गर्दा रेजरले आरामसँग सेभिङ गर्न सक्नुहुन्छ । यसो गर्दा पिम्पल्सयुक्त अनुहारमा पनि सेभिङ गर्न कठिनाइ उत्पन्न हुँदैन ।

अल्कोहल फ्री
यदि तपाईंको अनुहारमा पिम्पल्स या अन्य खटिरा छन् भने सेभिङ क्रिममा पनि विशेष ध्यान दिन आवश्यक हुन्छ । यसका लागि अल्कोहल फ्री सेभिङ क्रिमकै छनोट गर्नुपर्छ । तपाईंले यस्तो क्रिमको प्रयोग गर्न आवश्यक हुन्छ, जसमा सेन्सेथिक तत्व हुन्छ । किनकि, यस्तो क्रिमले तपाईंको छालामा जलन गराउने गर्छ । जहिले पनि नेचुरल आयलको मात्रा बढी भएको सेभिङ क्रिमको छनोट गर्नुपर्छ ।
रेजर
यदि तपाईंको छाला बढी संवेदनशील छ भने सिंगल ब्लेड भएको रेजर प्रयोग गर्नुपर्छ । मल्टिपल ब्लेड भएको रेजरका कारण अनुहारमा भएको पिम्पल्स काटिने र फुट्ने सम्भावना बढी हुन्छ । सेभिङ गर्नुभन्दा पहिला र पछि एन्टिब्याक्टेरियल लोसनको सहयोगले सफा गर्न सक्नुहुन्छ ।

सेभिङपछि
सेभिङपछि आफ्नो अनुहारलाई मनतातो पानीले सफा गर्नुपर्छ । यदि सेभिङपछि चिपचिप लाग्ने हुन्छ भने सामान्य क्लिन्जरको सहयोगले पनि सफा गर्न सक्नुहुन्छ । त्यसपछि अनुहारमा हल्का मोस्चराइजर लगाउनुस् या शेभ लोसनको प्रयोग गर्नुस् । जसले तपाईंको अनुहारलाई नरम मात्र बनाउँदैन, हाइड्रेड पनि बनाइराख्छ । यसमा तपाईं लोसनको पनि प्रयोग गर्न सक्नुहुन्छ । तर, त्यो अल्कोहल फ्री हुन जरुरी छ । नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस्