Logo
|
Thursday 25th April 2024
Logo

epaper

तोकिएको क्षेत्रमा जान चिकित्सकलाई स्वास्थ्यमन्त्री यादवको निर्देशन



उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान वरिष्ठ चिकित्सकहरुलाई कडा निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री यादवले गाउँ तहसम्म दरबन्दी भएपनि वरिष्ठ चिकित्सकहरु नगएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । बुधबार शिक्षण अस्पताल महाराजगंजमा आयोजित एक कार्यक्रममा उनले ९० प्रतिशत भन्दा बढी चिकित्सकहरु काठमाडौं बाहिर जान नचाहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराए । उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवालाई गाउँगाउँसम्म पु¥याउन पनि वरिष्ठ चिकित्सकहरुले गाउँ गाउँमा पुगेर आफ्नो सेवा प्रवाह गर्नुपर्ने पनि स्पष्ट पारे । उनले सरकारले सबै प्रदेशमा विशेषज्ञ सेवाको व्यवस्था गर्न लागेको जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले सरकारी अस्पतालको उपकरणको प्रयोगमा लापरवाही हुने गरेको स्मरण गराए । उनले शिक्षण अस्पताल महाराजगंजलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको समेत बताए । कार्यक्रममा मृर्गौला प्रत्यारोपणमा शिक्षण अस्पताल महाराजगंजले खेलेको भूमिकाको पनि चर्चा गरिएको थियो ।नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस्