Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपाल मेडिसिटीले नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीलाई उपचारमा छुट दिने



ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ ।

नेपाल मेडिसिटीको तर्फबाट महाप्रबन्धक विजय रिमाल र नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजेन्द« सुवालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । अब इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले नेपाल मेडिसिटीमा गरिने हरेक उपचारमा विशेष छुट पाउने भएका छन् । 

सम्झौता कार्यान्वयनमा आएसंगै बैँकका विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममा अस्पतालको सहभागिता रहने र अस्पतालका विभिन्न योजनामा बैँकले साथ दिने भएको छ । खासगरी, बैंकको कार्ड लिएका उपभोक्ताले उपचारमा सहुलियत प्राप्त गर्नेछन् ।

मुलुकको बैंकिङ्ग क्षेत्रमा सशक्त भुमिका खेल्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकसंग सहकार्य गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्