Logo
|
Saturday 20th April 2024
Logo

epaper

महिनाभरिको हाजिर एकै दिन



  सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिरी गर्न पाउँछन् । अन्यथा बिदा वा काज बस्नुपर्छ । जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरिको हाजिरी एकैपटक गरेको पाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले उनलाई महँगो तलब दिएर जटिल प्रकृतिका सुत्केरीको शल्यक्रियाका लागि काजमा राखेको हो । उनको मासिक तलब दुई लाख ७७ हजार छ । तर अस्पतालमा उनको काम शून्य छ । महिनाको तीन साता जिल्लाबाहिर बस्ने, एक साता मात्र अस्पतालमा देखिने उनले अहिलेसम्म एउटै जटिल प्रकृतिको केस हेरेकी छैनन् । यहाँका गर्भवती महिला भने विशेषज्ञ सेवा अभावमा रुकुमको चौरजहारी, नेपालगन्जका अस्पताल धाउन बाध्य छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काजमा खटिएकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले महिनाको हाजिरी एकैपटक गरेकी हुन् । उनले गत साउन १८ गते नै आगामी ३१ गतेसम्मको हाजिरी गरेर जिल्ला छाडेको पाइएको हो । डा. राई गत जेठदेखि जाजरकोट अस्पताल आएकी हुन् ।
डा. राई तलबभत्ताको चेक साट्न भन्दै नेपालगन्ज गएको अस्पालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशरजंग कार्कीले बताए । राईले आगामी दिनको हाजिर पनि एकैपटक गरेकोबारे अनभिज्ञता दर्शाउँदै उनले बिरामीको चापले गर्दा हेर्न नभ्याएको जनाए । काजमा आएकाको छुट्टै हाजिरी रजिस्टर हुने उनको भनाइ छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्