Logo
|
Friday 19th April 2024
Logo

epaper

डाक्टरले लगाउने पञ्जा समेत बिरामीले किन्नुपर्ने बाध्यता…




जिल्ला अस्पताल धादिङमा नि:शुल्क वितरण गरिने औषधीको अभाव भएपछि बिरामी आफैले किन्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन ।
जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरलाई उपचार सामग्री र औषधि खरिद गरेर उपचार गराउनुपरेको राजन श्रेष्ठको भनाइ छ ।
सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि अत्यावश्यक औषधिसमेत सकिएपछि अन्यौलमा परेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताउनुभयो ।
नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्नका लागि दिँदै आएको रु आठदेखि १० लाख रकम नपुग हुँदा निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन । जिल्ला अस्पतालमा दैनिक आउने करीब २०० बिरामीको परीक्षण गर्दा चिकित्सकले प्रयोग गर्ने सामग्री र निःशुल्क औषधिका लागि करिब रु ७० लाख आवश्यक पर्ने भए पनि सरकारले उपलब्ध नगराउँदा निःशुल्क स्वास्थ्य सेवा प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस्