Logo
|
Friday 19th April 2024
Logo

epaper

रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न



ललितपुरको सानेपामा स्थित अलोकी केयर होम एण्ड रिह्याबिलिटेसन सेन्टरमा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सो कार्यत्रमको उद्धघाटन ललितपुर वडा नं २ का अध्यक्ष श्री राजेश कुमार महर्जनले गर्नुभएको थियो ।
सो अवसरमा ५६ जनाले रक्तदान गर्नुका साथै १३९ जनाले निशुल्क स्वास्थ्य जाँच गराएको संस्थाका अध्यक्ष डा. अजय पराजुलीले जानकारी दिनुभयो ।
उक्त शिविरमा डा.अजय पराजुली (जनरल सर्जन), डा. निमेष पौडेल ( जनरल फिजिसियन), डा.सुभाष चन्द्र यादव (जनरल फिजिसियन तथा छातिरोग बिशेषज्ञ), डा.अजय प्रधान (मधुमेह रोग विशेषज्ञ), डा. सन्देश मैनाली (नाक कान तथा घाँटी रोग विशेषज्ञ) , डा.कोपिला राई (प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ), डा. लक्ष्मण सिक्देल तथा डा.सम्पूर्ण महर्जन (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ ), डा.सुमन न्यौपाने र डा.सुयेश कार्की मे. अ , श्री राजेन्द्र खत्री (फिजियोथेरापिस्ट) र श्री योगिता सापकोटा (पोषणविद्) द्वारा निशुल्क स्वास्थ्य जाँच गरि आवश्यक औषधीहरु पनि बितरण गरिएको कार्यक्रम संयोजक तथा संस्थाका प्रबन्धक निर्देशक डा. मोहन भण्डारीले जानकारी दिनुभयो । एउटै छाना मुनि केयर होम, डे केयर, ओ.पि.डि. क्लिनिक, फिजियोथेरापी, फार्मेसी (होम डेलिभरी) , प्याथोलोजी ल्याब , होम भिजिटका साथै होम केयर सुबिधा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्