Logo
|
Thursday 25th April 2024
Logo

epaper

अध्यक्ष दाहालद्वारा स्वास्थ्यलाभको कामना



नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले चितवनका पुराना कम्युनिष्ट नेता भुवानीप्रसाद पौडेलसँग भेटघाट गरी स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

चार महिनादेखि अन्न नलीको क्यान्सर भएर स्वास्थ्योपचार गरिरहनुभएका भरतपुर नगरपालिका–१० स्थित सिर्जनाचोकमा बस्दै आउनुभएका ७० वर्षीय पौडेललाई आज भेटघाट गरी अध्यक्ष दाहालले सरकारी सहयोगका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।

विसं २०३४ मा नेकपाको सदस्यता लिनुभएका पौडेललाई २०३६÷३७ सालतिर दाहालले नै संगठित गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी ९चौथो महाधिवेशन०का संस्थापक सदस्य पौडेल पूर्वगाविस अध्यक्ष र दिवाकर बालग्राम माडीका संस्थापक सदस्य हुनुहुन्छ ।

विसं २०४७ को पार्टी एकीकरणपछि उहाँ संयुक्त जनमोर्चाको जिल्ला सल्लाहकार हुनुभएको छोरा टुकनारायण पौडेलले जानकारी दिनुभयो । आज भेटघाटका क्रममा उहाँहरुले विगतका राजनीतिक अभियानका दुःखसुख साट्नुभएको छोरा टुकनारायणले जानकारी दिनुभयो । “राजनीतिक अभियानका क्रममा गाएका गीत बुबाले सम्झाउनुभयो, अध्यक्ष दाहालले पनि साइकल चढेर माडी पुगेको अनुभव स्मरण गर्नुभयो”, टुकनारायणले भन्नुभयो । उहाँको तीन अंशमध्ये जेठो छोरा सन्देश पौडेलको अंश पार्टीलाई दिइएको थियो ।

चार महिनादेखि भारतको राजीवगान्धी अस्पताल र चितवनको क्यान्सर अस्पतालमा उपचार भएपछि केही स्वास्थ्यमा सुधार भएकाले अहिले उहाँ घरमा नै आराम गरिरहनुभएको छ ।

यसैबीच शनिबार चितवन आउनुभएका अध्यक्ष दाहाल पार्टी कार्यकर्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग विकास निर्माण र राष्ट्रिय राजनीतिका विषयमा छलफल तथा आन्तरिक कार्यक्रममा सहभागी हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्