Logo
|
Thursday 18th April 2024
Logo

epaper

गर्भपतन गराउनेको संख्या वृद्धि




डढेलधुरामा गर्भपतन गराउनेको संख्यामा वृद्धि हुदै गएको छ । गर्र्भपतन गराउनेमा धेरै जसो २० वर्षभन्दा मुनिका किशोरीहरु छन ।
उपक्षेत्रीय अस्पताल डढेलधुराको तथ्यांक अनुसार आर्थिक वर्ष ०७२ र ७३ मा १ सय ३० जनाले गर्भपतन गराएकोमा ०७३ र ७४ मा २ सय ३ जनाले गर्भपतन गराएका छन । यो वर्ष उक्त संख्या बढेर २ सय ५९ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश नम्बर ७ को पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेलधुरामा अझै डाक्टर अभाव छ । तर, दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि गर्भपतन गराउनेको संख्या भने वर्षेनी बढ्दै गएको छ ।
दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएका कारण उपक्षेत्रीय अस्पतालको उपचार गुणस्तरीय नभएको अमरगढी नगरपालिका ५ का वडा अध्यक्ष खेमराज पाठकले बताउनुभयो । ‘कर्मचारी अभावकै कारण रातिको समयमा इमरजेन्सीमा र अन्य वार्डमा कुनै पनि कर्मचारी पाइँदैनन,’ उहाँले भन्नुभयो ।
अस्पतालमा एक जना मेसुसहित २१ जना कन्सलटेन्ट र १८ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा एक जना पनि कन्सलटेन्ट छैनन । मेडिकल अधिकृत पनि ६ जना मात्र रहेको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
१ सय शैयाको उपक्षेत्रीय अस्पतालमा अहिले विभिन्न तहका गरी जम्मा १ सय २७ जना कर्मचारी कार्यरत छन ।

प्रतिक्रिया दिनुहोस्