Logo
|
Thursday 28th March 2024
Logo

epaper

 सफ्ट ड्रिंक्सले यसरी गर्छ असर (चरणहरु)



अमेरिकन हार्ट एसोसिएसनको विज्ञप्तिअनुसार प्रत्येक वर्ष एक लाख ८० हजार मानिसको मृत्यु सफ्ट ड्रिंक्स सेवनका कारण हुने गरेको छ । जुन संख्या क्यान्सर र एड्सबाट हुने मृत्युभन्दा बढी हो । सफ्ट ड्रिंक्सको प्रयोगले मधुमेहको समस्या निम्त्याउने गर्छ । जसका कारण विश्वभर युवामा मधुमेहको समस्या विकराल बन्दै गएको छ । केही वर्षअघि यस्तो परिस्थिति थिएन । यी हुन् सफ्ट ड्रिंक्सले पार्ने चरण–चरणका असर :

चरण–१
सफ्ट ड्रिंक्स प्रयोग गर्दा १० मिनेटमै आवश्यकभन्दा बढी चिनीको मात्रा शरीरभित्र प्रवेश गर्छ । यसमा भएको फास्फोरिक एसिड नामक तत्वले यसको गुलियोपन पिउने व्यक्तिलाई तत्काल महसुस हुन दिँदैन । यदि, त्यस्तो हुन्थ्यो भने तत्कालै मानिसलाई बान्ता हुन्थ्यो र अनावश्यक सुगरको मात्रा बाहिर निस्कन्थ्यो ।

चरण–२
करिब २० मिनेटपछि हाम्रो शरीरले तीव्र गतिमा इन्सुलिनको निर्माण गर्न थाल्छ । फलस्वरूप रगतमा चिनीको मात्रा पनि तीव्र गतिले बढ्न जान्छ । यति धेरै चिनीलाई पचाउन कलेजोले ओबर लोडिङ काम गर्नुगर्छ । किनकि, लिभरले चिनीलाई बोसोमा परिवर्तन गर्छ । यसरी बनेको बासो पेटवरिपरि जम्मा हुन्छ । अनि, शरीर मोटो हुन थाल्छ र अस्वाभाविक रूपमा शरीरको तौल बढ्न जान्छ ।

चरण–३
४० मिनेटपछि सफ्डिं«क्समा भएको कफिन नामक तत्वलाई शरीरले शोषण गर्छ । जसले गर्दा आँखाको नानी बढी फैलिन थाल्छ । यसकै कारण रक्तचापमा वृद्धि हुन जान्छ । यस्तो अवस्थामा मुटुमा पनि अतिरिक्त कामको चाप पर्न थाल्छ । त्यस्तै, मुटुलाई अझ बढी ऊर्जा दिनका लागि कलेजोले बढी मात्रामा चिनीलाई रगतमा पम्प गरेर मुटुको गतिलाई तीव्र बनाइराख्न प्रयास गर्छ ।

चरण–४
४५ मिनेटपछि शरीरमा डोपमाइन नामक रसायन तत्व बन्नेगर्छ । यस्तो तत्वले सफ्ट ड्रिंक्स पिउने व्यक्तिलाई आनन्द दिने काम गर्छ । जसले गर्दा पेयपदार्थको सेवनपछि मनमा एक प्रकारले आनन्दको महसुस हुन्छ । जसरी कुनै नसालु पदार्थको सेवनपछि शरीरमा आनन्दको सञ्चार गर्छ । त्यसैले यसबाट पनि शरीरमा क्षति पुगेको हुन्छ ।

चरण–५
६० मिनपछि सफ्ट ड्रिंक्समा भएको फास्फोरिक एसिडले शरीरमा भएको पोषणयुक्त तत्वजस्तो क्याल्सियम, म्याग्नेसियम र जिंकलाई आन्द्रामा नै रोकेर राख्ने काम गर्छ । तर, कफिनले त्यस्ता तत्वसँग काम गरी दिसा–पिसाबका माध्ययमबाट आवश्यक तत्वलाई बाहिर निकाल्छ । यसरी शरीरको पोषण र विकासका लागि आवश्यक तत्वहरू शरीरमा उपयोग नै नभई बाहिरिने गर्छ ।

चरण–६
इम्पिरियल कलेज लन्डनको एक अनुसन्धानअनुसार सफ्ट ड्रिंक्सको प्रत्येक बोटलको सेवनले टाइप टु मधुमेह हुने खतरा २० प्रतिशतले बढेर जान्छ । यसको कारण भनेको सफ्ट डिं«क्समा भएको क्यारेमल नामक रसायन तत्व हो । यसले शरीरमा इन्सुलिन बनाउने प्रक्रियालाई कमजोर बनाउँछ । नियमित सफ्ट ड्रिंक्सको सेवन गर्दा कुनै दिन यस्तो परिस्थिति आउन सक्छ, शरीरले पूर्ण रूपमा इन्सुलिन बनाउन नै बन्द गर्छ । जसले गर्दा मानिस मधुमेहबाट ग्रसित हुन्छ ।

विकल्प के त ?
गर्मी मौसममा सफ्ट ड्रिंक्सको विकल्पमा घरमा उपलब्ध अन्य स्रोतलाई प्रयोग गर्न सकिन्छ । यसमा कागती, चनाको सातुको सर्बत, उखुको रस, दहीको लस्सी, मोही, खरबुजाको जुस आदिको प्रयोग गर्न सकिन्छ । यस्ता प्रकृतिप्रदत्त पदार्थले शरीरलाई कुनै प्रकारको हानि पुर्याउँदैन । बरु, यसले शरीरलाई गर्मीबाट राहत प्रदान गर्नुका साथै स्वास्थ्यलाई पनि कैयौँ फाइदा पु-याउँछ । यसबाट हामी सफ्ट ड्रिंक्सको मोह भंग गर्नमा पनि ठूलो सहयोग पुग्छ । जसका कारण मधुमेहको जोखिमबाट पनि टाढा रहनका लागि सहयोग पुग्छ ।

यस कारण युवामा
यसका खास कारण भनेका मोटोपना, चिन्ता, डर, मानसिक तनाव, शारीरिक निष्क्रियताका कारण यस्तो समस्या विकराल बन्दै गएको छ ।
पेनक्रिया, इन्सुलिन, रक्तचापका बिरामीको संख्या पनि बढ्दो छ । जसले मधुमेहको समस्या निम्त्याउने गर्छ ।
मधुमेह वंशाणुगत कारणले लाग्ने रोग पनि हो । यसका साथै चिया, कफी, विभिन्न कोल्ड ड्रिंक्सका कारण पनि मानिसमा यस्तो समस्या बढ्दो छ । यस्ता पेय पदार्थले हाम्रा अन्य अंगमा पनि गहिरो असर पुर्याउँछन् ।नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्