Logo
|
Friday 29th March 2024
Logo

epaper

औषधि व्यवस्था विभागबाट ग्लोबल रेफरेन्स ल्याबलाई मान्यता



औषधि व्यवस्था विभागले ग्लोबल रेफरेन्स ल्याबलाई मान्यता दिएको छ । नेपालमा औद्योगिक उत्पादनका नमुना परीक्षणका लागि सहयोगी ल्याब सञ्चालन हुने क्रममा सन २०१६ देखि ग्लोबल रेफरेन्स ल्याब सञ्चालनमा आउन सफल भएको हो । यस अघि यस्तो नमुना परीक्षण भारतमा निर्भर थियो ।
खाद्य र औषधि गुणस्तर परीक्षणका लागि नेपाल औषधि व्यवस्था विभागबाट हालै सम्बन्धन प्राप्त गरेको छ । उद्योग स्तरमा दैनिक उपभोग्य बस्तु उत्पादन पश्चात बजारमा उपलब्ध हुनु अघि उपभोग योग्य परीक्षण, अत्यावश्यक उत्पादन प्रक्रिया अन्तर्गत पर्दछ ।
यस्तो परीक्षणमा ग्लोबल रेफरेन्स ल्याबले विश्वविख्यात औद्योगिक प्रयोगशाला उपकरण ब्रान्ड एजिलेन्टलाई प्रयोगमा ल्याएको छ । उक्त ब्राण्डका एच.पी.एल.सी लगायतका उपकरण भित्र्याई वस्तुको नमुना परीक्षणलाई विश्वसनीय हुन थप सहयोग पुगेको छ । एजीलेन्ट ल्याब उपकरण मध्ये उत्कृष्ट नतिजा दिने ब्राण्डको नामले ल्याव परिचित छ ।
ग्लोबल रेफरेन्स ल्याबले कुशल बस्तु उत्पादन प्रक्रियालाई पछ्याउंदै स्तरिय परीक्षण रिपोर्ट उपलब्ध गराउँदै आएको छ । जसका लागि औषधि व्यवस्था विभागको मापदण्ड अन्तर्गत प्रत्येक दुई वर्षमा उपकरण र प्रविधिको स्तर उन्नती गरिएको कम्पनी स्रोतले जनाएको छ । ल्याबले आयातीत तयारी औषधि र नेपाली औषधि उत्पादकले प्रयोग गर्ने विदेशी कच्चा पदार्थको गुणस्तर परीक्षणलाई आवश्यक पर्ने सम्पूर्ण भौतिक पुर्वाधारको प्रबन्ध भएको ल्याबका प्रबन्ध निर्देशक विजेशवर पोखरेल बताउँनुहुन्छ । यस प्रकारको ल्याब स्थापना पछि आयातित÷स्वदेशी उत्पादकका उत्कृष्ट उत्पादन प्रयोगमा आउने विश्वास लिइएको छ ।
कम्पनीले पाँच पूर्ण कालीन ल्याब विशेषज्ञ मार्फत सेवा उपलब्ध गराएको छ भने आगामी दिनमा अन्तर्राष्ट्रिय ल्याबबाट समेत सम्बन्धन प्राप्त गरी विदेशी उत्पादकका औषधिको नमुना परीक्षणलाई नेपालमा आकर्षित गर्ने योजनामा रहेको जनाइएको छ । यससँगै ल्याबले माइक्रोबायोलोजी परीक्षण सेवा उपलब्ध गराउने प्रक्रियालाई अघि बढाएपछि नेपाली औषधि निर्यात हुन समेत प्रत्यक्ष सहयोग पुग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्