Logo
|
Tuesday 16th April 2024
Logo

epaper

दुर्व्यसनी, बर्बादीको कारक



 

एडिक्सन अर्थात् ‘लत’ले मानिसको मस्तिष्क र व्यवहार दुवैमा नकारात्मक असर पार्ने गर्छ । एकपटक लत बसिसकेपछि यसका असरहरू थाहा हुँदाहुँदै पनि टाढा हुन गाह्रो हुन्छ । जसमा हेरोइन, कोकिन, धूम्रपान मद्यपान, पेनकिलर, सेक्स, सपिङ आदिका लत हुन सक्छन् । जब कुनै पनि बानी जानी–नजानी थुप्रैपटक दोहो-याइन्छ भने ती सबै तल हुन् । यी हुन् लतले जीवनमा पार्ने प्रभाव:

मस्तिष्कमा प्रभाव
-मानिसलाई खुसी दिने राम्रा अनुभवलाई पटक–पटक दोहो-याउन मस्तिष्कले प्रेरित गर्छ । जसले गर्दा नै मानिस खुसी दिने काम गर्न उत्प्रेरित भइरहन्छ । त्यस्तै, नशाजन्य/लागुपदार्थले मानिसको दिमागमा लत पर्ने गरी प्रोत्साहन दिइरहेको हुन्छ । यस्ता पदार्थले दिमागमा डोपामाइन नामक रसायन वृद्धि गर्छ जसले तीव्र आनन्द र खुसीको अनुभव गराउँछ ।

-निरन्तर यस्तो पदार्थ प्रयोग गर्दा मानिसको शरीर त्यसैमा निर्भर हुन थाल्छ । त्यसैले पनि सुरुको अवस्थामा थोरै मात्राले आनन्द प्राप्त भए तापनि पछि यसको मात्रालाई बढाउनुपर्छ । बिस्तारै मानिस आफैँ आफ्नो नियन्त्रणमा चाहेर पनि रहन नसक्ने अवस्थामा पुग्छ ।

 

-यसैको कारण मानिसको मस्तिष्क अतिरिक्त डोपामाइनमा निर्भर भइसकेको हुन्छ । जब मानिस धेरै मात्रामा नशाजन्य पदार्थ प्रयोग गर्दै जान्छ, तब त्यसले मस्तिष्कको रसायन प्रणाली र सर्किटमा परिर्वतन ल्याउँदछ । जसले मस्तिष्कमा असर पु-याइरहेको हुन्छ ।

-यसले स्मरण, निर्णय शक्ति, विश्लेषणको क्षमतालाई घटाउने काम गर्छ । त्यस्तै, पढ्न सक्ने क्षमतामा पनि गिरावट आउन थाल्छ ।

-यस्तो सेवनले मन अनियन्त्रित हुन्छ र यसको सोझै नकारात्मक असर व्यावहारिक जीवनमा पार्न जान्छ ।

जसको बढी सम्भावना
-परिवारमा वंशानुगत रूपमा जिनबाटै कसैमा विशेष कुरामा अडिक्सन अर्थात् कुलतमा रहने समस्या हुन्छ । यस्तो समस्याले परिवारका अन्य महिला तथा पुरुषलाई पनि सिकार बनाउने सम्भावना हुन्छ ।
कम उमेरमा नै लागुपदार्थ सेवन गरेमा पछि यसको लत बस्ने सम्भावना अत्यधिक हुन्छ ।

-मानसिक रोगीले पनि तनाव व्यवस्थापनका लागि यस्तो नशाको सहारा लिन सक्छन् ।

-कुनै एकमा छ भने विवाहपछि पति–पत्नीमै यसको समस्या हुन सक्छ ।

लक्षण
-हरेक दिन प्रयोग गर्न मन लाग्ने वा दिनमा धेरैपटक प्रयोग गरिरहने

-दुर्व्यसनको मात्रा घटाउने चाहना राख्दाराख्दै पनि असमर्थ हुने

-सधैँ आफ्नो साथमा नशालु पदार्थ राख्न चाहने र रकम नहुँदा पनि यस्तो पदार्थ किन्नका
लागि तड्पिरहने

-एक्लै बस्न मन पराउने,

-चोर्ने, झुट बोल्ने, सेवनपछि तीव्र गतिमा गाडी चलाउने, असुरक्षित यौनसम्पर्क गर्न खोज्ने

-दुर्व्यसन छोड्न बेचैन हुने, प्रयोग नगरेको अवस्थामा बेचैन हुने

 नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्