Logo
|
Friday 19th April 2024
Logo

epaper

दाँतको समस्याले हुन्छ मुखमा क्यान्सर



दिनप्रतिदिन मुख क्यान्सरका बिरामी बढिरहेका छन् । सरकारले सार्वजनिक स्थानमा धूम्रपान तथा मद्यपान नगर्ने र गरेको पाएमा कारबाही गर्ने भने तापनि व्यवहारतः कार्यान्वयन हुन सकेको छैन । जसले गर्दा पनि यसको समस्या बढ्दोक्रममा छ । यद्यपि, मुख क्यान्सरको प्रमुख कारण भनेकै मुखको स्वास्थ्यमा ध्यान नपु-याउँदा हो :

हामीले ब्रस गर्दा पनि विशेष ध्यान पु-याउनुपर्छ । गलत तरिकाले ब्रस गर्ने शैलीमा परिवर्तन गर्न आवश्यक हुन्छ । हामी ब्रस त गर्छौँ तर, यसको सही तरिकाबारे थाहा पाउँदैनौँ भने त्यसको कुनै अर्थ रहँदैन ।

ब्रस गरेको खण्डमा हामीले खाएको स्वस्थ खाना शरीरभित्र प्रवेश गर्ने हुन्छ । ब्रस गर्ने बानी नहुँदा, हतारमा ब्रस गर्दासमेत कतिपयले खानेकुराको सेवन गरिरहेका हुन्छन् । यस्तो गतिविधिलाई मुख स्वास्थ्यको तरिकाबाट राम्रो मानिँदैन ।

कस्तो खाने, कस्तो नखाने भन्ने कुरामा पनि सचेत रहनुपर्छ । आफूलाई मन लागेको खाने तर, दाँतलाई सफा राख्न नसक्ने बानीले मुखको क्यान्सर हुने समस्या हुन्छ ।

मानिसले दाँतको सुरक्षामा विशेष ख्याल गर्नुपर्छ । दाँत सुरक्षित रहेमा मुखसम्बन्धी धेरै समस्याबाट मुक्त हुन सक्छौँ । हामीले सेवन गर्ने खानेकुरालाई राम्रोसँग चपाएर प्रयोग गर्दा जीवन नै सुरक्षित हुन पुग्छ ।

राम्रोसँग चपाएर ननिलेको अवस्थामा कुपोषणको जोखिमसमेत हुन सक्छ ।

यसरी थाहा पाउनुस्
सामान्यतया मुखको क्यान्सर चुरोट, खैनी, पान परागजस्ता पदार्थको प्रयोगले बढी हुने गरेको पाइन्छ । जोकोही मानिसको गला, गिजाको भाग बिस्तारै टाइट हुँदै गएमा शंका गर्न जरुरी हुन्छ ।

यसले मुखको आकारलाई पनि बिस्तारै सानो बनाउँदै लैजान्छ ।

यस्तो अवस्थामा जिब्रोमा समेत क्यान्सर हुँदै जान्छ । यसका लागि बायोप्सी गर्नुपर्ने हुन सक्छ । जसबाट मुखको क्यान्सर कुन स्टेपमा रहेको छ भन्ने थाहा पाउन सकिन्छ ।

परीक्षणमा ढिलाइ भएमा
मुखमा समस्या देखिएको लामो समयसम्म पनि स्वास्थ्य परीक्षण नगर्दा अनेकौँ समस्या हुन सक्छ । यसरी परीक्षणमा ढिला गर्दा समस्या शल्यक्रिया गर्ने अवस्थामा नै पुग्ने गर्छ ।

उसो त सर्जरी गर्ने समयसम्म त्यस्ता मानिसको समस्या निकै विकसित भइसकेको हुन्छ । या भनौँ पुरानो भइसकेको हुन्छ । त्यसैले, ढिलो गरी अस्पताल पुग्ने मानिसलाई समस्याबाट बचाउन निकै गाह्रो हुन्छ ।

सुरक्षाका उपाय
बढ्दो मुख क्यान्सरबाट बच्नका लागि सकेसम्म वर्षको दुईपटक नत्र एकपटक मात्र भए पनि डेन्टल परीक्षणमा जानु राम्रो हुन्छ ।

दैनिक रूपमा प्रयोग गर्ने खानेकुराबारे विशेष ख्याल पु-याउनुपर्छ । दाँतमा कुनै समस्या देखिनेबित्तिकै परीक्षण गरिहाल्नुपर्छ ।

वर्षको दुईपटक दाँतको पूरै सरसफाइ गर्न आवश्यक हुन्छ । जसले गर्दा गिजा स्वस्थ रहन्छ र रोगसँग लड्न सक्ने क्षमता बढ्छ । यसो गर्दा मुखको क्यान्सरबाट जोगिन पनि सहज हुन्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्