Logo
|
Saturday 20th April 2024
Logo

epaper

नाकको एलर्जीले रुघा



मानिसले एलर्जीलाई एलर्जीको रूपमा मात्र लिन्छन् । तर, कतिपय एलर्जीको समस्याले शारीरिक रूपमा अन्य समस्या पनि निम्त्याउन सक्छ । जस्तो कि एलर्जीले रुघाको समस्या निम्तिन्छ र त्यसले अन्य जटिलता निम्त्याउँछ ।

 

प्रकार
१ एलर्जीका कारण लााग्ने रुघा दुई प्रकारका हुन्छन् । त्यसमध्ये एउटा हो, मौसमी । यस्तो समस्या विशेषगरी मौसम परिवर्तनको समयमा देखा पर्छ ।

२ यसको अर्को प्रकार हो, बाह्रमासे । यस्तो समस्याको लक्षण भने वर्षभरि नै देखिने गर्छ ।

यसकारण हुन्छ
श्वासप्रश्वासका क्रममा मुखबाट एलर्जिक तत्वहरू छिर्ने गर्छन् । प्रायः यस्ता तत्व रुख, बिरुवा, घाँसका पातमा हुन्छन् । मौसमअनुसार पराग उत्पादनमा परिवर्तन हुने भएकाले कसैकसैलाई मौसमी एलर्जीको रुघाले सताउने गर्छ ।

कतिपयमा यस्तो एलर्जीको रुघा आनुवंशिक पनि हुन्छ । यस्तो अवस्थामा समस्या पुस्तान्तरण हुन्छ ।
परागबाहेक कसैकसैलाई बदाम, माछा, समुद्री माछा आदिले पनि एलर्जी बनाउने गर्छ ।
विभिन्न औषधिको प्रयोगले पनि कसैलाई यस्तो समस्या हुन्छ । उच्च रक्तचाप, परिवार नियोजनका औषधिले कतिपयलाई एलर्जी र त्यसपछि रुघाको समस्या हुन सक्छ ।
हावाको प्रदूषण पनि यस्तो एलर्जीको प्रमुख कारक तत्व मध्येमा पर्छ ।
जटिलता
यस्तो समस्या विकसित हुँदै गएमा विभिन्न जटिलता निम्तिन सक्छ । कतिमा यस्तो समस्या आवर्तक पिनासको रूपमा विकास हुन्छ ।
यस्तो समस्या विकसित हुँदा नाकमा मासु पलाउन पनि सक्छ ।
यसले कान पाक्ने सम्भावना पनि बढाउँछ ।
एलर्जीबाट हुने रुघाकै कारण दाँतसम्बन्धी विभिन्न समस्या पनि देखिने गर्छ ।
यसले दमको अवस्थासम्म पु-याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्