Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल मेडिसिटी र गण्डकी विकास बैंकबीच सेवा आदान–प्रदान गर्ने सम्झौता



ललितपुरको भैँसेपाटिमा स्थित नेपाल मेडिसिटी अस्पताल र मुख्य कार्यलय पोखरामा भएको गण्डकी विकास बैंकबीच सेवा आदान–प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गण्डकी विकास बैंकका डेपुटि सिइओ समीर बज्रचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । अब गण्डकी विकास बैंकका कर्मचारी र सेवाग्राहिले नेपाल मेडिसिटीमा गरिने उपचार सेवामा विशेष छुट पाउने भएका छन । एस.सि.टि, युनियन पे, डेबिट क्रेडिट कार्डभएका उपभोक्ताले  छुटको अवसरलाई सदुपयोग गर्न पाउने छन् ।

मुलुकभर ७२ शाखा कार्यालय रहेको गण्डकी विकास बैंकसंग सहकार्य गरेर स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्ने अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिनुभयो ।

त्यस्तै, नेपाल मेडिसिटीसंग सहकार्य गर्न पाएकोमा बैंकका डेपुटि सिइओ समीर बज्रचार्यले खुशी व्यक्त गर्नुभएको छ । देशमै सम्पूर्ण उपचार सम्भव भएकाले नेपालीले गुणस्तरिय उपचार लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको हुँदा बैँकले अस्पताललाई सधैँ साथ दिने उहाले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्