Logo
|
Saturday 20th April 2024
Logo

epaper

बिरामी श्रीमती हेला गर्ने लोग्नेलाई एक वर्षको जेल र जरिवाना



 के तपाईं कडा रोग लागेका कारण श्रीमानबाट अपहेलित हुनुभएको छ ? यदि छ भने नआत्तिनुस् । तपाईंकोको समस्याको कानुनी उपचारका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकले प्रजनन रोगको कारण देखाइ श्रीमतीलाई घर निकाला वा सम्बन्ध विच्छेद गरेमा एक वर्ष कैद वा एक लाख रुपियाँ वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
आङ खस्ने, प्रसव छिद्र, बाँझोपन, पाठेघरको मुखको क्यान्सर र प्रजनन् प्रणालीलाई प्रभाव पार्ने अवस्थालाई कारण बनाई श्रीमतीलाई अपहेलना गर्ने, घरबाट निकाल्ने, सम्बन्ध विच्छेद गर्ने जस्ता कु—कर्म गरेमा एक वर्ष कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

तर एक वर्षको जेल र एक लाख रुपियाँ जरिवाना तिरेपछि श्रीमतिलाई छोड्न भने नहुने चिकित्सकहरुले सुझाव दिएका छन् । भक्तपुर क्यान्सर हस्पिटलकी वरिष्ठ क्यान्सर विशेषज्ञ डा.आरती शाह भन्नुहुन्छ—‘यो विषयलाई व्यापक छलफलपछि मात्र कानुनी रुप दिनुपर्छ ।’
्यो विधेयक एक साता अघिमात्र उप—प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीय संसदमा छलफलका लागि दर्ता गर्नुभएको छ । यो विधेयक संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि व्यवहारमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्