Logo
|
Thursday 18th April 2024
Logo

epaper

प्रदेश २ मा क्यान्सर अस्पताल बन्दै, विश्वस्तरीय सेवा दिने दावी



प्रदेश २ मा ५० शैय्याको नाफारहित क्यान्सर अस्पताल खुल्ने भएको छ । रामगोपाल नगरपालिकाद्वारा प्रदान गरिएको ४ विघा जग्गामा ‘विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर’खोल्न लागेको हो । यो यस प्रदेशको पहिलो क्यान्सर अस्पताल हुनेछ ।

यस अस्पताबाट मुलुकभित्रकाले मात्र नभई विहार, उत्तरप्रदेश, पश्चिम वंगालका केहि भागका विरामीलेसमेत सेवा पाउने छन्। यो क्यान्सर सेन्टर विनयतारा क्यान्सर ट्रष्ट नेपाल, विनयतारा फाउन्डेसन, युएसए र रामगोपालपुर नगरपालिकाले मिलेर बनाउन लागेको हो।
तीन वटै पक्षवीच अस्पताल सञ्चालन बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ। गत विहीबारदेखि नगरपालिकाभित्र तत्कालको लागि भाडाको कोठामा क्यान्सर क्लिनिक समेत सञ्चालन गरिएको छ।
‘यो अस्पताल ३/४ वर्षमा सकिने गरी निर्माण कार्य शुरू गरिने छ’, नगरपालिकाका मेयर अशोक कुमार मण्डलले बताए। उनले अस्पताल नगरपालिकासहितका तीन वटै संस्था मिलेर सञ्चालन गरिने बताए।
विनयतारा फाउन्डेसन, युएसएका अध्यक्ष एवं अंकोलजिष्ट डा. विनय साहले क्यान्सर अस्पताललाई एशियाकै महत्वपुर्ण अस्पतालको रुपमा स्थापित गर्ने बचन दिएकोसमेत मेयर मण्डलको भनाई छ।
‘यहाँ अन्तराष्ट्रियस्तरको क्यान्सर केन्द्र सञ्चालन गर्ने योजना छ’, विनयतारा क्यान्सर ट्रष्टका अध्यक्ष एवं ग्यास्ट्रो सर्जन डा. राकेशप्रसाद साहले भने। उनका अनुसार ५० शैय्याको अस्पताल निर्माण गरी क्रमिक रूपमा आवश्यकता अनुसार शैय्या बढाउँदै लगिने छ।
डा. साहका अनुसार विनय तारा फाउन्डेसन, युएसएले काठमाडौं र जनकपुरमा हस्पिस सेवा संञ्चालन गर्दै आएको छ। यस्तै फाउन्डेसनले नाइजेरिया र भारतको मध्य प्रदेशमा समेत हस्पिस सेवा संञ्चालन गर्दे आएको छ। फाउन्डेसनले निजामति अस्पतालमा वोन म्यारो प्रत्यारोपनको लागिसमेत सघाउँदै आएको छ।
हाल क्यान्सर सेन्टरले गत बुधवारदेखि समय मै रोग पहिचानको लागि क्यान्सर स्क्रिनिङ्ग सेवा र क्यान्सर रोगीलाई अन्तिम अवस्थामा दिइने उपचार ‘पैलेटिभ केयर’ समेत शुरु गरेको छ।
डा. साहका अनुसार अगामी एक महिनाभित्र क्यान्सर सेन्टरमा प्रयोगशाला, अल्ट्रासाउन्ड, एकस–रे, मेमोग्राम, कोलोनोस्कोपी, इन्डोस्कोपी सेवा शुरु हुनेछ। त्यस्तै पाठेघरको मुखको क्यान्सर पहिचानको लागि पैप स्मेयर परीक्षण सेवासमेत एक महिना भित्र शुरु हुनेछ।
 
‘हामी साढे चार महिनापछि (डिसेम्बरदेखि) शल्यक्रिया सेवासमेत सुरु गर्नेछौं’, डा. साहले भने। क्यान्सर केन्द्रमा डिसेम्वर महिनादेखि एक जना अमेरिकी चिकित्सकलेसमेत सेवा दिन बताइएको छ।
सन २०१९ देखि आफ्नो भवनबाट सिटि स्कयान, रेडियोथेरापीलगायतका सेवा दिने लक्ष्यसमेत राखिएको छ। ‘यो केन्द्र विश्वस्तरको बनाउने अवधारण अनुसार निर्माण थालिएको हो, अमेरिका र यहाँ उस्ता उस्तै उपचार विधि होस् भन्ने अवधारणमा हामी अगाडि बढ्दै छौं’, डा. साहले भने, ‘हामीले यहाँको प्रयोगशालामा गरेको विभिन्न परीक्षणको स्लाइडलाई अमेरिकामासमेत परीक्षण गरिनेछ। अर्थात यसको विश्वसनीयता विश्वस्तरको हुनेछ।’
प्रदेश २ मा क्यान्सर विरामीहरु तेश्रो/चौथा अवस्थामा चिकित्सक नजिक पुग्ने गरेको औल्याउदै जनकपुर अञ्चल अस्पतालका कन्सलटेन्ट क्यान्सर शल्य चिकित्सक डा. अवधेश कुमार साहले क्यान्सरप्रति सजगता, जागरुकता धेरै न्युन रहेको बताए।
जनकपुरमा कार्यरत डेन्टल सर्जन डा. सन्तोष पञ्जियारले प्रदेश २ मा बढी मात्रामा मुखको क्यान्सरका रोगीहरू देखिने गरिएको बताए। डा. साहका अनुसार क्यान्सर अस्पताल खुलेपछि गरिब, बाहिर गएर उपचार गराउन नसक्नेलाई मात्र नभई स्थानीय जनतामा क्यान्सर स्क्रिनिङ्गलगायतका उपचार गर्न सकिने अवस्था मै रोगको पहिचान गर्न समेत मद्दत पुग्ने बताए। कान्तिपुरदैनिकबाट 

प्रतिक्रिया दिनुहोस्