Logo
|
Thursday 28th March 2024
Logo

epaper

प्रोस्टेट ग्रन्थि खराब हुनुकाे यी हुन् कारण र लक्षण



पछिल्लो समयमा प्रोस्टेट ग्लान्ड बिरामीको संख्या बढ्दै गएको छ । प्रोस्टेट शरीरमा हुने एक प्रकारको ग्रन्थि हो । हाम्रो बिग्रँदो जीवनशैलीले पुरुषमा प्रोस्टेट ग्रन्थि बिग्रने समस्या बढ्दै गएको छ । प्रोस्टेट पिसाबथैलीको ठीक तल हुन्छ । यसलाई प्रजनन ग्रन्थि वा पुरुष ग्रन्थि पनि भनिन्छ । यसले तरल पदार्थको निर्माण गर्छ । जसले वीर्यलाई हुर्काउन मद्दत गर्छ । १४–१५ वर्षको उमेरदेखि पुरुषमा वीर्य हुर्कन थाल्छ । यो समस्या पनि यही उमेरदेखि सुरु हुन थाल्छ । यदि कुनै समस्या भएमा प्रोस्टेट ग्रन्थिमा गएर पिप बन्ने गर्छ । जसले स्वाभाविक वीर्यलाई मार्ने काम गर्छ । जसबाट निःसन्तानको समेत समस्या निम्तिन सक्छ । लामो समयसम्म यसमा संक्रमण भयो भने शीघ्र पतन, यौन दुर्बलताजस्ता समस्या पनि आउँछन् ।

यी हुन् कारण 
– प्रोस्टेट ग्रन्थि बिग्रने प्रमुख कारण भनेको अव्यवस्थित जीवनशैली नै हो । यही कारण नै पछिल्लो समय यस्तो रोगीको संख्या बढिरहेको हो ।
– हामीले प्रयोग गर्ने कपडा कसिलो भएमा पनि यस्तो समस्या हुन सक्छ । बढी कसिलो कपडा प्रयोग गर्ने पुरुषमा कुनै न कुनै प्रोस्टेट समस्या हुने गर्छ ।
– महिलामा पनि पिसाब संक्रमणको समस्या हुन्छ । कसिलो अन्डरवेयर, टाइट जिन्स, कट्राइज पाइन्ट आदिको प्रयोगले संक्रमणको समस्या हुने गर्छ ।
– सातामा कम्तीमा पनि तीनपटक वीर्य निस्कन जरुरी हुन्छ । त्यसैले ढिलो विवाह, लामो समय यौनसम्पर्क नगर्दा पनि प्रोस्टेटको समस्या हुने गर्छ ।
– यदि लामो समयसम्म वीर्य निस्किएन भने वीर्यमा संक्रमण हुन्छ र प्रोस्टेट ग्लान्ड बिग्रन जान्छ ।

लक्षण
– प्रोस्टेट ग्रन्थिमा खराबी आएमा यसको लक्षण सहजै अनुभूत गर्न सकिन्छ ।
– यस्तो समस्या आएमा छिटो–छिटो पिसाब लाग्ने, सानो मात्रामा पिसाब जाने, छरिएर जाने, सधैँ पिसाब लागेजस्तो हुने जस्ता समस्या निम्तिन सक्छ ।
– प्रोस्टेटमा समस्या भएमा पिसाब फेर्दा झट्ट ननिस्कने गर्छ । त्यति मात्र नभएर पिसाब फेर्न पनि बल गर्नुपर्ने हुन्छ ।
– पिसाब फेरिसकेपछि पनि बाँकी रहेजस्तो हुने, पिसाब रोक्न नसकिने, पिसाब फेर्नुअघि र फेरिसकेपछि मूत्रनली दुख्नेजस्तो लक्षण पनि देखिन्छ ।
– प्रोस्टेटको समस्याले नाइटोवरिपरि, नाइटोदेखि अण्डकोषसम्म दुख्ने हुन्छ ।
– त्यस्तै, यो अवस्थामा कम्मरदेखि अण्डकोषसम्म, अण्डकोषदेखि मलद्वारसम्म पनि दुख्ने गर्छ ।
– प्रोस्टेटको समस्या भएका मानिसमा पिसाब गनाउने समस्या हुन्छ ।
– त्यस्तै, पिसाबमा रगत देखा पर्ने पनि गर्छ ।
– यस्तो समस्या भएका मानिस शारीरिक सम्पर्क गर्न असमर्थ हुन्छन् । त्यस्तै, शारीरिक सम्बन्धपछि – – स्खलित हुँदा दुख्ने, पोल्ने, वीर्यमा रगत देखा पर्नेजस्ता समस्या पनि हुन्छ ।
– यस्तो समस्याले यौन रुचिमा कमी आउने गर्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्