Logo
|
Friday 29th March 2024
Logo

epaper

स्टार हस्पिटल र नेपाल बङ्गलादेश बैँक बिच सहकार्य



 

ललितपुरको सानेपा स्थित स्टार हस्पिटल र नेपाल बङ्गलादेश बैँक बिच एक अर्का सँग सहकार्य गर्ने सम्झौता भएको छ ।
स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा नेपाल बङ्गलादेश बैँकका तर्फबाट बैँकका डिपुटी सि.ई.ओ सुरेन्द« भुषण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
अब नेपाल बङ्गलादेश बैँकका ग्राहक, कार्मचारी तथा उनिहरुका परिवारकाले स्टार हस्पिटलमा गरिने उपचार खर्चमा आकर्षक छुट पाउने भएका छन । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैँकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्ने छ भने बैँकका कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाउनुपर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्