Logo
|
Wednesday 24th April 2024
Logo

epaper

सिरहावासीलाई नेपाल मेडिसिटीले उपचारमा सेवामा विशेष सहुलियत दिने




ललितपुरको भैँसेपाटि स्थित नेपाल मेडिसिटी अस्पतालले सिरहावासीलाई उपचार सेवामा विशेष सहुलियत दिने भएको छ ।

सिरहा समाज सेवाका अध्यक्ष विष्णु कुमार शाह र अस्पतालका महाप्रबन्धक विजय रिमालले एक अर्का सँग सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै सेवा कार्यान्वयनमा आउने भएको हो ।

सम्पुर्ण उपचार नेपालमानै सम्भव भएकाले नेपालीहरुलाई स्वदेशकै स्वास्थ्य सेवामा सहभागि गराउने उद्धेश्यले गरिएको यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालका महाप्रबन्धक रिमालले बताउनुभयो ।

त्यस्तै सिरहा समाजका अध्यक्ष शाहले नेपालकै उत्कृष्ट अस्पतालसँग समन्वय गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

सिरहावासीहरुले नेपाल मेडिसिटी अस्पतालको नगदरहीत स्वाथ्य वीमा कार्यक्रममा सहभागी भई शुलभ उपचार प्राप्त गर्न सिरहा समाज सेवा वा नेपाल मेडिसिटीमा सम्पर्क राखी बीमा कार्यक्रममा आबद्ध हुन सक्ने सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्