Logo
|
Thursday 28th March 2024
Logo

epaper

प्रभु इन्सुरेन्सका ग्राहकलाई नेपाल मेडिसिटीमा क्यासलेस उपचार सेवा



ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिपटी र प्रभु इन्सुरेन्स बिच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र प्रभु इन्सुरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चीत बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।

अब देखि प्रभु इन्सुरेन्सका ग्राहक तथा सेवाग्राहिले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागु हुनेछ । सम्झौताभए सँगै दुई संस्था बीमा र स्वास्थ्य उपचारका माध्ययमबाट जोडिने भएका छन् ।

प्रभु इन्सुरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य जा“च गराउन पाएकोमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गर्नुभएको छ ।इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले अस्पतालको सेवाबाट प्रभावित भएको बताउनुभएको छ ।त्यस्तै अस्पतालसँग दिगो रुपमा काम गर्र्ने अपेक्षा रहेको प्रभुका रि इन्सुरेन्स विभागका प्रमुख सुविन श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्