Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

संहिताले गर्दा बिरामीले दुःख पाउछन् : डा केसी



मुलुकी अपराध संहितामा भएको व्यवस्थाको कारणले गर्दा बिरामीले दुःख पाउने डा. गोविन्द केसीले टिप्पणी गर्नुभएको छ ।
नेपाल चिकित्सक संघले आइतबार गरेको ¥याली पछिको सभामा बोल्नुहुदै डा. केसीले संहितामा भएको व्यवस्थाका कारण डाक्टरहरु जोखिम लिन नचाहने भएकाले त्यसको प्रत्यक्ष मारमा बिरामी पर्ने बताउनुभएको छ ।
उक्त कानुनले चिकित्सकहरुलाई प्रतिरक्षात्मक बनाउने भएकाले अन्यत्र ‘रिफर’ गर्ने र त्यसको मारमा बिरामी पर्ने उहाँले जिकिर गर्नुभएको छ ।
उहाले भन्नुभयो –‘चिकित्सक र स्वास्थ्यकर्मी जवाफदेही हुनु पर्दैन भनेर भन्न खोजेको होइन तर संहिताले बिरामीलाईनै बाधा पु¥याउने देखिन्छ ।’ कानुनले चिकित्सक र स्वास्थ्यकर्मीलाई भन्दा पनि बिरामीलाई नै बाधा पुर्याउने डा .केसिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्