Logo
|
Saturday 20th April 2024
Logo

epaper

मेडिकल काउन्सिललाई बुझाए डाक्टरहरुले लाइसेन्स



आन्दोलनरत नेपाल चिकित्सक संघमा आबद्ध डाक्टरहरुले करिब ६ हजार हस्ताक्षर र लाइसेन्स नेपाल काउन्सिललाई बुझाएका छन् ।

संघका अध्यक्ष एवं डा.मुक्तिराम श्रेष्ठको नेतृत्वमा जुलुससहित दर्जनौंको टोली मेडिकल काउन्सिलको कार्यालय बाँसबारी पुगेर कार्यवाहक अध्यक्ष नारायणविक्रम थापालाई एप्रोनसहित लाइसेन्स र हस्ताक्षर बुझाएको हो। चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेका छन्। उनीहरुका आन्दोलनले देशभरका अस्पताल पुग्ने बिरामी मारमा परेका छन्।

बिरामीको उपचार क्रममा मृत्यु वा कुनै जटिलताले गर्दा थप समस्या भए ज्यानमारासरह सजाय हुने प्रावधान हटाउन चिकित्सक संघले माग गरेको छ। भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन्।

यसैबीच, चिकित्सक संघको आइतबार बसेको आकस्मिक बैठकले थप आन्दोलनका कार्यक्रम समेत सार्वनिक गरेको छ ।

भाद्र १८ गते सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने ।

भाद्र १९ गते मंगलबारदेखि आकस्मिकबाहेकका अन्तरंग सेवामा विरामी भर्ना कार्य बन्द गर्ने ।

२० गते बुधबारदेखि आकस्मिक सेवाबाहेकका अन्य अपरेसनहरु बन्द गर्ने ।

२१ गते बिहीबारदेखि आकस्मिक सेवाबाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने ।

२२ गते शुक्रबारदेखि आकस्मिकबाहेकका ओपिडीलगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने निर्णय भएको महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्