Logo
|
Wednesday 24th April 2024
Logo

epaper

स्वास्थ्य राज्यमन्त्रीले चिकित्सकलाई बाेलाए



 मुलुकी फौजदारी (संहिता) ऐनमा संशाेधनकाे माग गर्दै अान्दाेलनमा उत्रिएका चिकित्सकहरुलाई स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले बोलाएका छन् ।

राज्यमन्त्री यादवले आफ्ना स्वकीय सचिवमार्फत सोमबार बिहान ११ बजे भेट्नु छ भनेर बोलाएको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए।

संघका अध्यक्ष श्रेष्ठले भेट्न खोज्नुको कारण बारे थाहा नभएको बताए। ‘वार्ता हो कि किन हो हामीलाई थाहा भएन। ११ बजे भेट्न बोलाउनुभएको छ,’ श्रेष्ठले भने।

मुलुकी फौजदारी (संहिता) ऐनमा भएका उपचारसम्बन्धी व्यवस्था संशोधनको माग गर्दै मुलुकभरका चिकित्सकहरु अाइतबारदेखि आन्दोलित छन्। कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्