Logo
|
Thursday 18th April 2024
Logo

epaper

महिलाहरुद्वारा प्रभावकारी प्रसुती सेवाको माग



रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिकाका गाउँपालिका, २ का महिलाले स्थानीय तहमा प्रभावकारी प्रसुती सेवाको माग गरेका छन् । स्वास्थ्य चौकी सिम्रुतुमा बर्थिङ सेन्टर भए पनि प्रभावकारी सेवा नभएको भन्दै प्रभावकारी प्रसुती सेवाको माग गरेका हुन् ।

 

स्वास्थ्य चौकीमा सेवा लिन आएका महिलाहरुले सेवा प्रभावकारी हुन नसकेको भन्दै गुनासो गरेका छन् । स्वास्थ्यसँग जोडिएकाले सेन्टरमा सेवा प्रभावकारी बनाउँन माग गरिएको गंगा चन्दले बताइन् । उनले भनिन्, ‘बर्थिङ सेन्टरमा दक्ष जनशक्ति, बच्चालाई न्यानो कपडा, स्ट्रेचर साथै एम्बुलेन्सको व्यवस्था र सुत्केरीका लागि बजेट रकमान्तर नगरी उल्लेखित शीर्षकमै खर्च गर्नु पर्ने माग रहेको छ ।’

माग पत्र बुझ्दै स्वास्थ्य चौकी प्रमुख भिमबहादुर चन्दले मागहरु जायज रहकाले सबै माग पूरा गर्न नसकिने भए पनि गाउँपालिका र माथिल्लो तहसँग पहल हुने पर्ने बताए । यसमा सक्दो पहल गर्ने पनि उनले बताए । उनले भने, ‘आवश्यक प्राविधि, दक्ष जनशक्ति र पूर्वाधारको अभावको जसोतसो सेवा दिइरहेको छ ।’

महिलाहरुको मागप्रति स्थानीय सरकार गम्भीर रहेको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताए । प्रसुति सेवा प्रभावकारी हुन नसक्दा आमा र बच्चाको ज्यान खतरामा परेको भन्द माग गर्नु राम्रा भएको उनका तर्क रहेको छ । नागरिक न्युज

प्रतिक्रिया दिनुहोस्