Logo
|
Thursday 28th March 2024
Logo

epaper

पेल्भिस फ्याक्चर र सावधानी !



डा. नेपालले सन् २००४ देखि १५ वर्षको अवधिमा धेरै अर्थोपेडिकसम्बन्धि शल्यक्रिया गर्नुभएको छ । उहाँले ७ वर्षदेखि शुरु गर्नुभएको पेल्भिस शल्यक्रियाबाट मात्र ४ सय भन्दा धेरै सम्बन्धित बिरामीले लाभ लिन सफल भएका छन् ।
शरीरमा पेल्भिस बोनको धेरै ठूलो महत्व हुन्छ । जाङ्गलाई अडाएर राख्ने हड्डीको संरचना नै पेल्भिस बोन हो । यसको ठिक माथी ढाड (स्पाइन) हुन्छ । जाङ्गसँग हिप जोर्नी अडेर बसेको हुन्छ । सामान्य दुर्घटनाले यो फ्याक्चर हुँदैन । पेल्भिस बोन फ्याक्चर हुन ठूलै दुर्घटना हुनुपर्छ । पेल्भिसमा चोट लागेका व्यक्तिहरुमध्ये अत्यधिक रक्तश्रावका कारण कतिपय व्यक्तिको घटनास्थलमै ज्यान जान्छ भने कतिपय व्यक्तिको हस्पिटल लादै गर्दा बीच बाटोमा मृत्यु हुन्छ ।


पेल्भिस बोन नरम (स्पोन्जी) हुन्छ । यस भागमा रगतका धेरै नलीहरु जोडिएका हुन्छन् । दुर्घटनाबाट पेल्भिस बोनमा क्षति पुगेको अवस्थामा रक्तस्राव बढि हुन्छ । हिप जोर्नीको पछाडिको भागमा अवस्थित सियाटिक नर्भमा पुरुषको पिसाबथैली र महिलाको गर्भाशय जोडिएको हुन्छ । पेल्भिस बोनमा अत्यधिक क्षति भएमा धेरै रक्तस्राव भई पिसाबथैलीमा समस्या आउन सक्छ ।

‘‘पेल्भिस फ्याक्चरमा अत्यधिक दुखाई हुनुका साथै शल्यक्रिया गर्दा फिमोरल नर्भ, फिमोरल आर्टरी, फिमोरल भेनमा क्षति हुने संभावना धेरै हुन्छ । पुरुषमा पेल्भिस शल्यक्रिया गर्दा वीर्य बनाउने कर्डलाई ध्यान दिनुपर्छ । महिलाहरुमा ओभरीमा ध्यान दिनुपर्छ । ’’

अन्यथा यी चिजमा क्षति पुग्नसक्छ । यद्यपी बिरामीलार्य फंगसनल मोबिलिटीमा पुर्याउने  हाम्रो उद्देश्य हुन्छ ।
सामान्यतया तीन किसिमले पेल्भिक चोटको उपचार गरिन्छ । शुरुमा घाइतेको अवस्था हेरेर रक्तश्राव घटाउने र मृत्युको जोखिमबाट वचाउनुपर्छ । त्यसपछि जटिलताको आधारमा योजनावद्ध ढंगले शल्यक्रियाको योजना बनाइन्छ । सर्जरीपछि बिरामीलाई थेरापी र पुनस्र्थापनाको जरुरत पर्छ ।

ननसर्जिकल उपचार
जटिलताको आधारमा शल्यक्रिया गर्ने वा नगर्ने भन्ने निक्र्यौल गरिन्छ । फ्याक्चरलाई शुरुवाति चरणमा स्थिर (स्टेबल) चोट र अस्थिर (ननस्टेबल) चोट गरि दुई भागमा बाडिन्छ । स्थिर चोट भनेको थोरै हड्डी मात्र चर्किएको अवस्था हो । हड्डी नसरेको अवस्थामा शल्यक्रिया विना नै उपचार शुरु गरिन्छ । साधारणतया पेल्भिक बोन हिपमा जोडिएको हुन्छ । यदि तलमाथी सर्यो  वा टुक्रा टुक्रा भएको अवस्थामा पेल्भिक चोटलाई अस्थिर मानिन्छ ।
शुरुको अवस्थामा अस्पताल पुगेपछि विरामीलाई शैयामा आराम गर्न लगाइन्छ । पीडा धेरै हुने भएकोले दुखाइ कम गर्ने औषधि पनि दिनुपर्छ । सामान्य अवस्थाका बिरामीलाई दुखाइ कम हुदै गएपछि हिड्न लगाइन्छ । बिरामीलाई पुर्ववत् अवस्थामा फर्काउन शारीरिक अभ्यासको भुमिका पनि धेरै हुन्छ किनकी यसले मांशपेशी र नशा सुक्नबाट बचाउन मद्धत गर्छ ।
सर्जिकल उपचार
जटिलताको आधारमा वाह्य र आन्तरिक सर्जिकल उपचारको जरुरत पर्नसक्छ । वाहिरबाट आवश्यक रडहरु राखेर गरिने उपचारलाई बाह्य उपचार अर्थात एक्स्टरनल फिक्सेसन भनिन्छ । आन्तरिक रक्तस्राव रोक्न एक्स्टरनल फिक्सेसन गरिन्छ । यो आकस्मिक कक्षमा पनि प्रयोग हुन्छ । पेल्भिक बोन अस्थिर भएमा सर्जिकल उपचार गर्नुपर्छ । आन्तरिक जडान गर्ने विभिन्न तरिकाहरु छन ।

‘‘पेल्भिक हड्डी अगाडीपट्टिको भागमा भाँचिएको छ भने अगाडीबाट आन्तरिक पाता जडान गर्नुपर्छ । पछाडीबाट भाँचिएको अवस्थामा पछाडीबाट नै पाता जडान गर्नुपर्छ ।’’

शल्यक्रिया गर्नुपुर्व समस्या पहिचान गर्न सिटि स्क्यान गरेर थ्रि डि पिक्चर अवलोकन गर्नु पर्छ । सोही आधारमा शल्यक्रियाको तयारी गरिन्छ । कतिपय अवस्थामा अगाडी र पछाडी दुवै ठाँउबाट एकैचोटि शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा शल्यक्रियाका लागि ७÷८ घण्टा सम्म लाग्न सक्छ । विरामीको अवस्था अनुसार एक हप्ताको फरकमा पनि शल्यक्रिया गर्न सकिन्छ ।
सावधानी
पेल्भिक पछाडीको शल्यक्रिया प्रायजसो सबै अर्थोपेडिक सर्जनले गर्न सक्छन । तर अगाडि पट्टिको भागको शल्यक्रिया सबैले गर्दैनन् । यो एकदम जटिल हुन्छ । किनभने अगाडिकोे भागमा फिमोरल नर्भ, फिमोरल आर्टरी, फिमोरल भेन हुन्छ । त्यसको छेउमै हड्डी तानेर प्लेट मिलाउनु पर्छ । त्यो बेलामा यी चिजहरु क्षति हुन सक्ने सम्भावना धेरै हुन्छ । पछाडिको भागमा पनि सियाटिक नर्भ क्षति हुने खतरा बढि हुन्छ ।
हेरचाह
सामान्यतया हड्डी जोडिन डेढ महिना लाग्छ । तर, पेल्भिक बोन नरम हुने भएकाले फिक्सेसन गरेको ३ महिनासम्म विना वजन हिड्न सल्लाह दिइन्छ । नसा र मासु सुक्न नदिन फिजियोथेरापी र अभ्यासको जरुरी हुन्छ । ६ हप्ता पछाडी एक्स रे गरेर विरामीको अवस्था पहिचान गरि सुधार भएको अवस्थामा खुट्टा टेक्न सल्लाह दिइन्छ । टेक्न नमिल्ने अवस्थामा पनि ओछ्यानमा आराम गर्दै हातखुट्टा चलाइरहन सल्लाह दिइन्छ ।

संक्रमणको जोखिम
विभिन्न अनुुन्धानहरुले पेल्भिक शल्यक्रिया पछि पनि संक्रमण सम्भावना ५देखि १० प्रतिशत हुने देखाएको छ । यो चोटको प्रकृतिमा निर्भर हुन्छ । चोट ठुलो भएमा संक्रमण बढि हुनसक्छ । सफलतालाई अनुुन्धानकर्ताहरुले एक्सिलेन्ट, गुड, फेयर र पुअर गरि चार भागमा विभाजन गरेर हेरेका छन । सामान्य चोटपटक भएमा नतिजा सकारात्मक आउछ । चोटपटक ठुलो भएमा नतिजा अपेक्षित हुन सक्दैन ।
१. किन शल्यक्रिया गर्नुपर्छ ?
पेल्भिक भनेको दुइवटा खुट्टालाई उभाएर राख्ने एउटा बोन स्ट्रक्चर हो । जसको माथी स्पाइन (ढाड) बस्छ । त्यसकारण यसको महत्व धेरै छ । यो स्पोन्जी बोन भएकाले हड्डी जोडिन समयलाग्छ । चलायमान कार्य राम्रो बनाउन शल्याक्रिया गर्न जरुरी छ ।

२. अपरेशन पश्चात् कति समय अस्पतालमा बस्नुपर्छ ?
यो बिरामीको चोटको अवस्था हेरेर हुन्छ । यदि चोट जटिल छैन भने विरामीले दुइ हप्तासम्म अस्पतालमा बस्नुपर्छ । दुइ हप्ता पछि टाँका काटेर बिरामीलाई घर पठाइन्छ । तर धेरै भागको हड्डी भाँचिएर समस्या भएमा लामो समयसम्म अस्पताल बस्नुपर्छ ।

३. सर्जरी पछि हिड्न कतिको गाह्रो  हुन्छ ?
सर्जरीपछि हड्डी नजोडिएसम्म खुट्टा टेक्न मिल्दैन । हड्डी जोडिएपछि खुट्टा टेक्दा दुःख्छ र हिँड्न गाह्रो  हुन्छ । बिरामीले हिड्दा खुट्टा खोच्याउने गर्छन । तर कालान्तरमा खोच्याउने समस्या पनि हुनसक्छ नहुन पनि सक्छ ।

४. काममा कति समयपछि फर्किन सक्छु ?
कामका फर्किन डेढ देखि ३ महिना भित्रमा काममा फर्किन सकिन्छ ।

५. सर्जरी पछि दुखाई हुन्छ कि हुदैन ?
स्पोन्जी बोन भएकाले पीडा हुन्छ । दुखाइ कम गर्नका लागि विभिन्न किसिमको औषधिहरु पाइन्छ । ती औषधि सेवन गर्दा दुखाईको महशुश हुँदैन ।

६. कहिलेसम्म फिजियोथेरापी र डाक्टरको निगरानीमा बस्नुपर्छ ?
फिजियोथेरापी कम्तिमा ६ महिनासम्म गर्नु पर्ने हुन सक्छ । चोटको प्रकृति हेरेर निको पार्न बिरामीले सर्जनको प्रत्यक्ष निगरानीमा बस्नु पर्छ । निगरानीमा ६ महिना देखि १ वर्ष सम्म बस्नुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्