Logo
|
Saturday 20th April 2024
Logo

epaper

ओम हस्पिटलमा नयाँ सञ्चालक, मुलुककै उत्कृष्ट हस्पिटल बनाउने अध्यक्ष पौडेलको जिकिर



काठमाडौँको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
निवर्तमान अध्यक्ष डाक्टर भोला रिजालले नेतृत्व छाडेपछि पौडेल अध्यक्षमा चयन हुनुभएको हो ।
हस्पिटलको स्थापनका कालदेखि नै सञ्चालक समितिमा रहँदै आउनुभएको पौडेल वरिष्ठ चलचित्रकर्मी, राजनीतिज्ञ तथा समाजसेवी समेत हुनहुन्छ ।
अध्यक्ष चयन भएपछि पौडेलले ओम हस्पिटललाई मुलुककै उत्कृष्ट हस्पिटल बनाउन प्रयत्न गर्ने बताउनुभएको छ । पौडेलले विगतमा पनि कुशलतापूर्वक हस्पिटल सञ्चालक समितिको अध्यक्षको कार्यभार सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्