Logo
|
Wednesday 24th April 2024
Logo

epaper

वर्षेनी १ करोड अपाङ्ग




विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा हरेक दिन ३ हजार ४ सय भन्दा बढी व्यक्तिकोे सडक दुर्घटनाका क्रममा हुने चोटबाट मृत्यु हुने गरेको छ । चोटबाट हरेक वर्ष १ करोड भन्दा बढी व्यक्ति अपाङ्ग हुने गरेका छन् । सडक दुर्घटनाबाट हुने मृत्युमध्ये ९३ प्रतिशत कम एवं मध्यम आय भएका देशहरु पर्दछन् । कति व्यक्तिको दुर्घटनाबाट मृत्यु हुन्छ र कति अपाङ्ग हुन्छन् भन्ने कुनै आधिकारित तथ्यांक छैन । तर अस्पतालमा बिरामीको संख्या भने उल्लेख्य छ ।

 

‘‘सडक प्रयोगकर्तामध्ये बालबालिका, पैदलयात्री, साइकलयात्री, बृद्धबृद्धा सबैभन्दा बढी जोखिममा छन् । १५देखि २९ वर्षको उमेरमा मृत्युको प्रमुख कारण सडक दुर्घटनालाई लिइएको छ ।’’ 

 

सडक दुर्घटनामा हातखुट्ट, टाउकाको चोट, पेल्भिक इन्जुरी, लिम्ब फ्र्याक्सनलगायतका धेरै चोट लाग्ने गरेको पाइन्छ ।
टाउकाको चोट खतरनाक मानिन्छ । तत्काल शल्यक्रिया गर्न नसक्दा टाउकोका चोट लागेका बिरामीहरु ज्यान गुमाउन पुग्छन् । शल्यक्रिया समयमै भए पनि शारीरिक अपाङ्गतामा बाँच्न पुगेका बिरामीहरु पनि निकै छन् ।
अत्यधिक गति, सडकको दूरावस्था, सडक बत्तीको नराम्रो अवस्था, बाटो काट्ने गलत तरिका, गति रोक्ने गलत ठाउँ, गाडीको मर्मत नगर्नु, सडक चिन्हहरुको हेलचेक्र्याईं, थकाई, मद्यपान, मानिस र जनावरको असाधारण व्यवहार दुर्घटनाका कारण अन्तर्गत पर्छन् । सबै उमेरका व्यक्तिहरुमा सवारी साधनको चोटपटक गम्भीर र मृत्यूजन्य हुनसक्छन् ।

सडक दुर्घटनाका जिम्मेवार ३ पक्ष

सडकको अवस्था
सडकहरु बैज्ञानिक छैनन् । पहाडका सडकहरु साँघुरा छन् । दुईवटा सवारी साधन एकैपटक छिर्न सक्दैनन्, ग्रेडिङ मिलेको छैन । सडकहरु कच्ची छन् । घुम्तीहरु नजिक नजिकबाट काटिएका छन् । प्रायः घुम्तीहरुमा गाडी घुमाउनेसम्म ठाउँ पुग्दैन ।

सवारी साधनको अवस्था
प्रायः नयाँ गाडीहरु शहरका पीच सडकमा चल्छन् भने पुराना तथा थोत्रा गाडीहरु अप्ठ्यारो ग्रामीण भागमा चलाउने गरिन्छ । तिनै पुराना र थोत्रा गाडीमा हामी असुरक्षित यात्रा गर्न बाध्य हुन्छौं ।
प्रायः पुराना र थोत्रा सवारी साधनहरुमा समस्या आउने र दुर्घटना हुने गरेका छन् ।
सवारी साधनको ब्रेक फेल हुने, टायर फुट्ने, टायर निस्कने जस्ता समस्याले गर्दा दुर्घटना हुने गरेको छ ।

चालकको अवस्था
रात्रिकालीन सवारी साधन प्रायः एकजना चालकको भरमा रातभर गुडिराखेका हुन्छन् । एकजना चालकले कति घण्टासम्म गाडी चलाउन सक्छ ? भन्ने ख्याल नगर्दा दुर्घटना हुने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्