Logo
|
Friday 29th March 2024
Logo

epaper

मुलुकमा जोर्नी प्रत्यारोपण केन्द्र किन चाहिन्छ ?




डा. दीर्घराज आरसी सिभिल सर्भिस हस्पिटलका कार्यकारी निर्देशक एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ । उहाँले ७ वर्षको अवधिमा करिब ४ सय १५ जनाजतिको हिप तथा जोर्नी प्रत्यारोपण गरिसक्नुभएको छ ।

चुनौति
देशका सरकारी तथा निजी अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ । जोर्नी प्रत्यारोपणपछि व्यक्तिलाई हिड्न सक्ने अवस्थामा पु¥याउन सकिन्छ । जोर्नी प्रत्यारोपण गर्ने धेरैजसो व्यक्ति ६०÷७० वर्ष कटेका बृद्धबृद्धाहरु हुन्छन् । उनीहरु हिड्न सक्दैनन, परिवारका सदस्यले स्याहार गर्नुपर्छ । जोर्नी प्रत्यारोपण गरेमा उनीहरुले आफ्नो काम आफैँ गर्न सक्छन् । यो उपचार अलि महँगो भएकाले परिवारका सदस्यले नै जोर्नी प्रत्यारोपणमा चासो राख्दैनन् । त्यसैले सरकारले सहुलियत दिनुपर्छ । सरकारले अत्याधुनिक जोर्नी प्रत्यारोपण केन्द्र खोल्ने चासो राख्नुपर्छ ।
उमेरले ६० कटेका बृद्धबृद्धा आमाबुबाको जोर्नी प्रत्यारोपणमा खर्च गर्न छोराछोरीहरु पछि हट्दैछन् । यसले जोर्नी प्रत्यारोपण गर्नेको संख्यामा उल्लेख्य बृद्धि हुन सकेको छैन ।
अहिले जोर्नी प्रत्यारोपण एकत्रित रुपमा हुन सकिरहेको छैन । प्रत्येक बर्ष १ प्रतिशत मानिसको जोर्नी फेर्नुपर्ने आंकलन गरिएपनि बर्षमा ०.१ प्रतिशतको पनि जोर्नी प्रत्यारोपण हुन सकेको छैन । जोर्नी प्रत्यारोपणको अभावमा चार हजार जति मानिस अपाङ्ग भएर बस्नुपरिरहेको स्थिति छ । त्यसैले मुलुकमा जोर्नी प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारको चासो र सक्रियताको जरुरत छ । यसबाट एकत्रित रुपमा बिरामीलाई सहुलियत दरमा प्रत्यारोपण सेवा उपलब्ध गराउन सकिन्छ ।

आर्थिक अभाव
आर्थिक अभावमा जोर्नी प्रत्यारोपण गर्न नसकेका व्यक्ति प्रशस्त छन् । जोर्नी प्रत्यारोपण गर्न इच्छा भएका तर छोराछोरीले चासो नदिएको भन्ने गुनासो गर्नेहरुको पनि कमी छैन । आर्थिक अभावमा जोर्नी प्रत्यारोपण गर्नबाट बञ्चित भएका धेरै व्यक्तिहरु छन् ।
त्यसैले नेपालमा जोर्नी प्रत्यारोपन केन्द्र खोल्न एकदमै आवश्यक छ । सरकारले सबै ब्यवस्था मिलाएको खण्डमा हामी काम गर्न तयार छौँ । जग्गा, भबनको ब्यबस्था गरेर एउटा अत्याधुनिक सेन्टर खोल्नुपर्छ ।
सरकारी अस्पतालमा २ लाख ५० देखि ३ लाख सम्म लाग्छ । निजि अस्पतालमा इम्प्लान्टको चार्ज उस्तै हो बेड चार्ज लगायतका कारणले सरकारी भन्दा डबल खर्च लाग्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्