Logo
|
Friday 19th April 2024
Logo

epaper

महिनावारीको दुःखाइ हृदयघातको दुःखाइ भन्दा बढि




महिनावारी अर्थात् रजस्वला हुँदा गर्भाशयमा रहेको रगतको सतह महिनै पिच्छे योनीद्वारबाट बग्ने गर्छ । रजस्वला प्राकृतिक र पूर्णरुपले महिलामा हुने सामान्य जैविक प्रणाली हो । एउटा केटीको पहिलो रजस्वला ९ देखि १६ वर्षको उमेरमा हुन्छ । सामान्य रजस्वलाले महिलाको स्वास्थ्य र प्रजनन सम्बन्धी अङ्गहरु स्वस्थ भएको जनाउछ । पहिलो महिनावारी पछि कम्तिमा दुई वर्षसम्म हुने अनियमित महिनावारीलाई सामान्य मानिन्छ । प्रत्येक स्त्रीको जैविक प्रणाली र महिनावारी चक्र भिन्न–भिन्नै हुन्छ ।

धेरैजसो यो चक्र २८ दिनको हुन्छ । महिनावारीमा हुने दुखाईलाई प्रसब–वेदनामा हुने दुखाईसँग तुलना गर्ने गरिन्छ । यस्तो अवस्थामा महिलालाई वाकवाकी लाग्नु र केही महिलाहरुमा पखला पनि हुने गर्दछ । यस्तो दुखाई पेटको तल्लो भाग र तल्लो ढाडमा हुने गर्छ । महिनावारी दुखाईले गर्दा महिलामा भावनात्मक एवम् शारीरिक असरहरु देखा पर्दछन् । हालै गरिएको नयाँ अध्ययन अनुसार महिनावारी हुने अवस्थामा हुने दःुखाई हृदयघातका बेला हुने दुःखाई भन्दा बढी देखाएको छ ।

युनिर्भसिटि अफ लण्डन कलेजमा गरिएको अध्ययन अनुसार डाक्टरहरुको टोलिले महिनावारी अवस्थामा हुने दुःखाई धेरै अनि जटिल हुने र यो दुखाई हृदयघातको बेला हुने दुखाई भन्दा बढी हुने भनेका छन् । यस अध्ययन अनुसार महिनावारी दुखाईले गर्दा हरेक पाँच महिलामा एकजना महिलालाई उनीहरुको दैनिक कार्यमा अवरोध पु¥याउने पाइएको छ । लामो इतिहासदेखि पाइएको छ कि महिनावारी दुःखाईलाई त्यति गम्भिरताको रुपमा नलिइएको र महिनावारी भएका बेला महिलालाई सहि स्याहार र सुरक्षा दिनुको साटो झन् गोठमा बस्न बाध्य बनाइएको समाचारहरु प्रशस्त सुन्न पाइन्छ । महिनावारी दुखाई दुई कारणले हुने गर्दछ ।

पहिलो कारण डिस्मेनोरिया र दोस्रो कारण इन्डोमेट्रियोसिस् हो । डिस्मेनोरिया भनेको महिनावारी हुँदा हुने पेटको दुखाई हो । इन्डोमेट्रियोसिस् अवस्थामा भने पाठेघरको भित्री सतहमा रगतको तह बढ्दै अन्य भाग जस्तै फ्यालोपियन ट्युबसम्म पुग्छ र महिनावारी हुँदाहुने रक्तश्रावका बेला त्यहाबाट रगत बग्दा दुखाई हुन्छ । इन्डोमेट्रियोसिस् दुखाई झन् कठिन हुने भएकाले महिनावारीमा महिलालाई राम्रो स्याहारसुसारको आवश्यकता पर्छ । स्वास्थ्य सन्दर्भ

प्रतिक्रिया दिनुहोस्