Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्त्री हर्मोन र गिंजाको सम्बन्ध



एक महिला स्वास्थ्य अध्ययनका अनुसार महिलाले पुरुषको भन्दा आफ्नो दांत तथा गिंजाको अलि बढि हेरचाह गर्नुपर्दछ । यसै अध्ययनद्धारा के देखाएको छ भने महिलाको जीवनभर वयस्क अवस्था, महिनावारी, गर्भवती तथा महिनावारी रोकिने उमेरमा हर्मोन घटबढ हुने गर्दछ । यसरी महिलाको सम्पर्ण जीवनभर हर्मोन घटबढ भइरहन्छ ।
यसरी हर्मोन घटबढ हुँदा मुख भित्र हुने शारीरिक परिवर्तनले मुखमा ब्याक्टेरियाको बृद्धिलाई प्रोत्साहन गर्दछ । मुखमा ब्याक्टेरियाको बृद्धिले बिभिन्न रोगहरु देखा पर्दछन, जस्तै गिंजा सुन्निने, गिंजाबाट रगत आउने आदि । संक्रमण बिस्तारै नियन्त्रण बाहिर पुग्दा ब्याक्टेरियाहरु शरीरभरि रगतको माध्यमबाट फैलिन पुग्दछन ।

‘‘यसरी संक्रमण फैलिएपछि गर्भ पुरा नभई बच्चा जन्मने, गर्भ तुहिने, जन्मजात अंगभंग हुने जस्ता समस्यहरु देखा पर्दछन ।’’

यस अध्ययनले के देखाएको छ भनसे हर्मोनल उतारचढाव हुने अवस्थामा दांत तथा गिंजाको उचित हेरचाह गर्ने हो भने माथि उल्लेखित कुनैपनि समस्याहरु देखा पर्दैनन् ।

प्रत्यक ६/६ महिनामा आफ्नो दात तथा मुखको परिक्षण र सफाई, एन एम सि बाट लाइसेन्स प्राप्त दन्त चिकित्सकलाई जचाउने र नियमित दात माझ्ने र फ्लस गर्ने हो भने हर्मोनका कारण देखा पर्ने मुख तथा गिंजाको समस्या नियन्त्रण गर्न सकिन्छ । तसर्थ उचित स्याहार संभारले हर्मोनल गढबढिका कारणले देखा पर्ने रोगहरु देखा पर्दैनन ।

प्रतिक्रिया दिनुहोस्