Logo
|
Thursday 25th April 2024
Logo

epaper

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २५६ स्लाईसको अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालन



जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको दूधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अत्याधुनिक २५६ स्लाईस सिटी स्क्यान सेवा शुरु भएको छ । मिर्गौला र नसामा भएको समस्या पहिचानका लागि यो सिटी निकै भरपर्दो मानिएको छ । उप—प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सो सिटी सेवाको उद्घाटन गर्नुभयो । सिटी सेवा लिएवापत् एकजना बिरामीले ९ हजार रुपियाँ शुल्क तिर्नुपर्छ ।
सो अवसरमा मन्त्री यादवले मुलुकमा मिर्गौला र कलेजो प्रत्यारोपण सेवा दिएर उपचारका क्रममा विदेशिने ठूलो धनराशी जोगाउन केन्द्रको उल्लेख्य भूमिका रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । सामान्य व्यक्तिको पहुँच र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुरुप केन्द्रले आफ्नो कामलाई निरन्तता दिएको स्पष्ट पार्नुभयो ।
करिब ८० देखि ९० प्रतिशत जति जनसंख्या गाउँमा बस्ने तर ८० देखि ९० प्रतिशत डाक्टर शहर बस्ने परिपाटी हावी भएको भन्दै उपचारको पहुँचमा शहर र गाउँबीच ठूलो अन्तर देखिएको उहाँको भनाइ थियो ।
आफूलाई डाक्टहरुले शहरमा सरुवा गरिदिनुपर्यो भनेर हैरान खेलाएको उल्लेख गर्दै मन्त्री यादवले भन्नुभयो—‘जनता जहाँ छन् त्यहाँ डाक्टर पुग्नुपर्छ ।’ यस वर्ष १ हजार २ सय स्वास्थ्य चौकी निर्माण गर्ने सरकारको तयारी अनुसार काम भइरहेको मन्त्री यादवले जानकारी दिनुभयो ।
सो अवसरमा वरिष्ठ अंग प्रत्यारोपणविद् एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले मिर्गौला रोग उपचारका लागि विदेशीले बार्षिक १ अर्ब बराबरको रकम विदेशिनबाट जोगाउन केन्द्र सफल भएको उल्लेख गर्दै १ सय वेडले बिरामीको चाप धान्न नसक्ने भएकाले केन्द्रमा २ सय जति बेड थप्न सरकारलाई आग्रह गर्नुभयो ।
सो अवसरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शहीद धर्मभक्त राष्ट्रिय प्रतिष्ठान जस्तै गरी अन्य सरकारी स्वास्थ्य सेवा प्रदायक संस्थालाई विकास गर्नसकेको अवस्थामा धेरै हदसम्म सुसासन र समृद्धि प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्