Logo
|
Friday 19th April 2024
Logo

epaper

मधुमेह र मुख स्वास्थ्य




मधुमेह आज एउटा आम स्वास्थ्य समस्या भएको छ । हिजो सम्म उच्च वर्गमा मात्र सिमित जस्तै रहेको यो रोग आज आएर मध्यम वर्गिय समाजको पनि टाउको दुःखाइ बन्दै गएको छ । बदलिंदो जीवनशैली व्यायाम बिनाको शहरीया जीवन र अत्याधिक क्यालोरि भएको खानपिनले गर्दा मधुमेह आजभोली आम समस्या बन्दै गएको छ ।
मधुमेह एउटा एक्लो रोग नभएर हाम्रो शरीरिको सम्पर्ण प्रणालीहरुमा दिर्घकालीन र अल्पकालनि क्षति पु¥याउन सक्ने समस्या हो । मधुमेह भन्नाले हाम्रो रगतमा सामान्य भन्दा अधिक मात्रामा गुल्कोज भएको अवस्था हो ।
मधुमेहका दीर्घकालीन असरहरु मलत दुइ प्रकारले देखा पर्ने गर्दछ । सर्वप्रथम मधुमेहका बिरामीहरुको रगतमा उच्च गुल्कोजको मात्राले शरीर भित्रको विभिन्न इलेक्ट्रोलाइटहरुको ब्यालेन्स बिग्रन पुग्छ र साथै उच्च गुल्कोजले किटाणुहरुलाई हुर्कन मद्धत पु¥याउछ ।
उच्च गुल्कोजको साथै मधुमेहका बिरामीहरुमा प्रतिरोधात्मक शक्ति पनि क्रमशः ह्रास हुुदै जान्छ र विभिन्न शारीरिक समस्या देखा पर्न थाल्दछन ।

मधुमेहका कारण मुखमा देखा पर्न सक्ने केहि समस्याहरु

  • दातमा किरा लाग्ने
  • गिंजाका रोगहरु
  •  थुक ग्रन्थिहरुका समस्याहरु
  •  फंगल इन्फेक्सन
  •  खानाको स्वाद नपाउनु

दांत गिंजाका समस्याहरु 
उच्च गुल्कोजको उपस्थितिले किटाणुहरुलाई बृद्धि हुन मद्दत पुग्दछ यहि परिस्थितिले गर्दा दांतमा किरा लाग्ने तथा गिंजामा संक्रमण देखिने समस्या आइपर्दछन । नियन्त्रण बाहिर रहेको मधुमेह ब्याक्टिरियल मल्टिप्लिकेसनको लागि सर्वोत्तम माध्यम हो । मधुमेहिहरुमा दांत किरालाग्ने, गिजा सुन्निने, गिजाबाट रगत आउने, दांत हल्लिने जस्ता समस्या देखा पर्दछन । यस्ता कुनै समस्या देखिन साथ आफ्नो दन्त चिकित्सकसँग सल्लाह लिन आवश्यक हुन्छ ।

थुक ग्रन्थिका समस्याहरु
मधुमेहिहरुमा कम थुक आउने र मुख सुख्खा हुने समस्याहरु देखा पर्दछन । कहिलेकाही थुक ग्रन्थिकै संक्रमण पनि देखा पर्दछन । मुख सुख्खा हुने समस्या लामो समयसम्म रहिराखेमा दांतमा किरा लाग्ने संभावना पनि एकदमै बढि हुन्छ । मधुमेह नियन्त्रणमा राखिएको भने यी समस्याहरु कम देखिने गर्दछन । सामान्यत हाम्रो मुखमा धेरै संख्यामा फङगस र ब्याक्टेरिया रहेका हुन्छन । सामान्य अवस्थामा ती जीवाणुहरुले रोग नलगाए पनि शरीरमा प्रतिरोधात्मक शक्ति कम हुने अवस्था जस्तैः मधुमेह, एड्स आदिमा संक्रमण देखाउछ । फङ्गल इन्फेक्सन हुन जरुरी हुन्छ । यसरी मधुमेहका कारण उत्पन्न हुन सक्ने समस्याहरुको अध्ययन पश्चात के निष्कर्ष निकाल्न सकिन्छ भने मधुमेहको नियन्त्रण नै सबै समस्या समाधानको उत्तम विकल्प हो ।

मुखको सफाई नियमित दातको परिक्षण

  • गिंजाको समस्याबाट बच्न दिनमा कम्तिमा दुइपटक दात माझ्नुपर्छ । अझ बेलुका सुत्नु अगाडि दात माझ्न एकदम उत्तम हुन्छ।
  • नरम ब्रस र फ्लोराइड युक्त मञ्जनले दात माझ्ने गर्नुपर्दछ ।
  • दात माझ्नुका साथसाथै, दुई दात बिचको लेउ हटाउन डेन्टल फ्लसको प्रयोेग गर्नुपर्छ ।
  • प्रत्यक ६÷६ महिनामा आफ्नो दात तथा मुखको परिक्षण र सफाई, एन एम सि बाट लाइसेन्स प्राप्त दन्त चिकित्सकलाई भेट्दा आफुलाई चिनी रोग छ भनेर सम्झाउनु पर्छ ।
  • यदि दांत र गिंजा सम्बन्धी कुनै समस्या आएमा जस्तै, सास गनाउने, नमिठो स्वाद आउने, गिंजाबाट रगत आउने, गिंजा सुन्निने वा दांत हल्लियमा आफ्नो दन्त चिकित्सकसँग तुरुन्त सम्पर्क गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्