Logo
|
Saturday 20th April 2024
Logo

epaper

जनस्वास्थ्य सेवा विधेयकमा २९ दफा थप, विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने



राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता लगायत देशका कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यकोषले नव्यहोर्न सर्वसम्मत ‘जनस्वास्थ्य सेवा विधेयक’ को २९ दफा थप गरी संसदमा पेश गरिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले पेश गरेको सो दफामा भनिएको छ—‘प्रचलित कानुनमा जे कुरा लेखिएको भएता पनि कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्नुपर्ने भएमा नेपाल सरकारले राज्यकोषबाट खर्च व्यहोर्ने छैन’
यसअघि सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा उपचार खर्चसम्बन्धी कुनै प्रावधान दिएन ।
विधेयक पास भएपछि कानुनीरुपमा विदेशमा गरिने जो सुकैको उपचारको खर्च सरकारले व्यहोर्ने छैन । स्वयं व्यक्तिले नै आफ्नो खर्च व्यहोर्नुपर्ने छ ।
जनस्वास्थ्य विधेयकको नयाँ व्यवस्थाले राज्यकोषको रकम बचाउनुका साथै मुलुकमा रहेका अस्पतालहरुको सुधारमा पनि नयाँ आयाम आउनसक्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्