Logo
|
Friday 29th March 2024
Logo

epaper

किन चाहिन्छ ? स्वास्थ्य बीमा



सडक दुर्घटना, रुख र भिरबाट खसेर लाग्ने जटिल किसिमका चोटपटकको उपचारमा महँगो खर्च लाग्नसक्छ । महँगो खर्च तिर्नसक्ने धेरै व्यक्तिको सामथ्र्य नहुने भएकाले स्वास्थ्य बीमालाई प्राथमिकता दिनुपर्छ ।
विगतमा जटिल किसिमका चोटपटको उपचारका लागि विदेश जानुपर्ने वाद्यता थियो । तर अहिले नेपालका धेरै अस्पतालहरुमा सम्भव भइसकेको छ । भारतको मेदान्त हस्पिटलमा दिने सेवा र नेपालमा दिने सेवामा कुनै अन्तर छैन । मैले लामो समय मेदान्त हस्पिटलमा काम गरेको अनुभवले यो कुरा बताएको हो । त्यसैले नेपालमा हाडजोर्नीको उपचार सेवा दिन नेपाल फर्किएको छु ।
अब उपचारका लागि भारत होइन भारतका बिरामीहरु नेपाल आउन थालेका छन् । गम्भीर चोट लागेको एउटा बिरामी उपचार गर्न आएपछि सम्बन्धित इन्भेष्टिगेसन र उपचार गर्न थुपै्र ठाउँमा जानुपर्ने अवस्था मात्रै कम भएपछि बिरामीले गुणस्तरीय सेवा प्राप्त गर्छन् । भारतका अस्पतालहरु उपचारमा सफल हुनुको पछाडी पनि यहि कारण हो ।

अर्थोपेडिक उपचार गर्ने ठाउँमा एउटामात्र विभाग नभएर सबै किसिमका विभाग हुन जरुरी हुन्छ । जोर्नी खिइएका बिरामीहरुमात्र नभएर हातखुट्टा भाँचिएका बिरामी समेत उपचारका लागि मेदान्तमा पुगेको देख्दा मलाइ अचम्म लाग्थ्यो । त्यतिबेला बिरामीलाई नेपालमा नै उपचार गर्न सक्छौँ भन्ने विश्वासको वातावरण बनाउन सकेका थिएनौ । तर अहिले सबै उपचार नेपालमै सम्भव हु्न्छ ।
दुर्घटना भएर एउटा हड्डी भाँचिएपछि त्यहाँ छाला, मासु, रगतका नलीहरु, स्नायुनलीहरु पनि ड्यामेज भएको हुन्छ । यसका लागि छुट्टै टिमको जरुरी पर्छ । सम्पूर्ण उपचारको व्यवस्था पनि एकै ठाउँमा हुनुपर्छ । सबै टिम मिलेर बिरामीको उपचार गरेमा चाँडै रिकभर हुन्छ र बिरामीको पैसा र समय दुवै वचत हुन्छ । त्यसकारण कल्पिट उपचार सोलुसन दिने अस्पताल रोज्न जरुरी हुन्छ ।
जब बिरामी टाउको लगायत अन्य अंगको उपचार गर्न अस्पताल पुग्छ त्यहाँको डाक्टरले किन ढिलो आएको भनेर सोध्नुहुन्छ । समय धेरै बितेको हुँदा बिरामीको रिकभर राम्रो हुन सक्दैन । यस्तो अवस्थामा बिरामी र उसको परिवारले धेरै नै दुःख पाउनुपर्छ । यदि टाउको र खुट्टामा चोटपटक लागेको छ भने एकै चोटिमा एनेस्थेसिया दिएर अपरेशन गर्न सकिन्छ । तर दुर्घटना हुने बित्तिकै विरामीलाई प्राइमरी केयरमा उपचार गरेर ‘यहाँ उपचार हुने यत्तिमात्र हो’ ‘अब तपाई अब अर्को अस्पतालमा जानुुस्’ भनेर तुरुन्त भनिदैन तबसम्म बिरामीले दुःख पाइरहन्छ, यो सबैभन्दा ठुलो चुनौति हो ।
जवसम्म स्वास्थ्य बीमा हुँदैन तबसम्म बिरामीले खल्तीबाट पैसा निकालेर उपचार गर्नुपर्छ । स्वास्थ्य बीमालाई राज्यस्तरबाट नै सरकारी क्षेत्रबाट नै आउनुुपर्छ ।

प्रतिक्रिया दिनुहोस्