Logo
|
Tuesday 16th April 2024
Logo

epaper

बाङ्गो टिङ्गो दांत र अर्थोडोन्टिक उपचार



 

प्रत्यक मानिसलाई आफु राम्रो अनि आकर्षक देखिन मन लाग्छ र त्यो स्वाविक पनि हो । मानिसको ब्यत्तित्व विकासमा शरीरको सुन्दरताले ठुलो प्रभाव पारेको हुन्छ । सुन्दर दांत भए सुनमा सुगन्ध हुने गर्दछ । तर कहिले काँहि आकर्षक अनुहारको सुन्दरतालाई नमिलेका दांतहरुले ओझेलोमा परिरहेको हुुन्छ । जव दुइजना मानिसको भेट हुन्छ तब उनिहरु पहिले आँखामा हेर्ने गर्दछन् र त्यसपछि दोस्रो नजर दांतमा पर्ने गर्दछ । विभिन्न वैज्ञानिक अनुसन्धानका अनुुसार बांगो टिङ्गो दांत हुनेहरुको आत्मविश्वास मिलेको दांत हुनेको भन्दा निकै कम हुन्छ । हालसालै कोरियामा किशोर अवस्थाका महिलाहरुमा गरिएको अनुसन्धानमा यो भेटिएको छ कि बिग्रेको दात मिलाई सकेपछि उनिहरुको आत्मविश्वास धेरै नै बढेको पाइएको छ ।

दांत बाङ्गो हुने कारण

  • वंशाणुगत कारण
  • बंगराको विकासमा हुने समस्या
  • गर्भावस्थामा हुने समस्या जस्तैः शारीरिक आघात, पौष्टिक आहारको कमि तथा संक्रमण
  • शिशु जन्मेपछि सन्तुलित आहारको कमि
  • शिशु अवस्थामा देखिने हानिकारक बानि जस्तै ः औँला चुस्ने, नङ् तथा ओठ टोक्ने, मुखबाट सास फेर्ने, जिब्रोले तालु ठेल्ने इत्यादि
  • दांतको संख्या कम या बढि हुने
  • दांतको आकार तथा प्रकारमा हेरफेर

दांत बाङ्गोे टिङ्गो हुने विभिन्न कारणहरु रहेका छन् । ति मध्ये कतिपय कारणहरुलाई हामीले रोकथाम गर्न सकिन्छ भने कति हाम्रो बसमा हुदैन । यदि बेलैमा दांत बाङ्गोे टिङ्गो हुनबाट रोकिएको खण्डमा निम्न समस्याबाट बच्न सकिन्छ ।

  • अनुहारको सुन्दरतामा कमि
  • कमजोर आत्मविश्वास
  • पाचनप्रणालीमा समस्या
  • बोलीमा अस्पष्टता
  • गिंजा पाक्ने रोगको समस्या
  • दांतमा किरा लाग्ने समस्या

रोकथामका उपाय
भनिन्छ , रोग लाग्नु भन्दा रोगलाग्न नदिनु नै उत्तम उपाय हो । मानव शरीरमा हुने अनेकौँ स्वास्थ्य समस्या जस्तै दांत बाङ्गो हुन बाट रोक्ने पनि उपाय छ । तर पनि हाम्रो समाजमा विरामीहरु दांत बाङ्गो भए पछि मात्र नै डाक्टरमा जाने प्रचलन छ । धेरै मानिसलाई दांत बाङ्गो भएमा उपचार गर्न र रोक्न सकिन्छ भन्ने ज्ञान नै छैन ।

दांत बाङ्गोे टिङ्गो हुन नदिन अपनाउन सकिने सरल उपायहरु

  • सन्तलित आहारको सेवन, गुलियो खानेकुरा कम सेवन गर्ने
  • नियमित दंत परिक्षण र नियमित रुपमा दातको सरसफाइ गर्ने
  • औँला चुस्ने, नङ् तथा ओठ टोक्ने, मुखबाट सास फेर्ने, जिब्रोले तालु ठेल्ने बानिहरु देखेमा बेलैमा बन्द गर्ने
  • दांतमा किरा लागेको छ भने बेलैमा उपचार गर्ने
  • दुधे दांतलाई राम्रो हेरचाह गर्ने र समय पुगेपछि मात्र निकाल्ने
  • कुनै कारणबस समय नपुगि निकासलिएको दुधे दांत छ भने तिनिहरुको ठाउँमा स्पेस मेन्टेनर लगाउने

उपचार
बाङ्गोे टिङ्गो दांतको उपचारको लागि दांतामा तार बाध्नुपर्ने हुन्छ । यो उपचारलाई ब्रेसेस अथवा अर्थोडोन्टिक उपचार पनि भनिन्छ । दांतमा बाँधिने तारहरु विभिन्न किसिमको हुन्छन । बाङ्गोे टिङ्गो दातको प्रकृति हेरेर तारको प्रकार छानिन्छ । दांत थोरै मिलाउनु पर्ने छ अथवा सरल किसिमको दांतको मुभमेन्ट गर्नु छ भने निकाल्न मिल्ने तार रिमुभल ब्रेुसेस लगाउन सकिन्छ । यदि जटिल उपचार गर्नुपर्ने अवस्था छ भने निकाल्न नमिल्ने तार फिक्स ब्रेसेस लगाउनु पर्छ । यसलाई डाक्टरले लगादिने र समय समयमा एक्टिभ गर्नुपर्ने हुन्छ । विज्ञानको आविष्कार संगसंगै अर्थोडोन्टिक क्षेत्रमा पनि अकल्पनीय विकास भएको छ । अचेत दांतको रंगका ब्रेसेस का सुविधाहरु विभिन्न अस्पताल एवंम् क्लिनिकलहरुबाट उपलब्ध भइरहेका छन । केहि वर्ष पहिले सम्म पनि नेपालमा संभरान्त वर्गको उपचार ठानिने दांतमा तार बाध्ने उृपचार अहिले सामान्य मानिसको पहुंचमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्