एफटिआईआर—स्पेक्ट्रोस्कोपी प्रविधिले कसरीले देखाउँछ मिर्गौलाको पत्थरीको संरचना ?

जनस्वास्थ्य सरोकार, काठमाडौं || प्रकाशित मिति :2018-09-14 07:52:30


मिर्गौलाले रगतलाई सफा गर्ने क्रममा शरीरको विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने गर्छ । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढेमा पत्थरी हुनसक्छ । मिर्गौलाको पत्थरी (नेफ्रोलिथियाइसिस) खनिज र लवणबाट बनेको कडा वस्तु हुन् जुन तपाईंको मिर्गौला भित्र बन्दछ ।
मिर्गौैलामा पत्थरी हुनुको धेरै कारणहरू छन् र यसले मूत्र नलीको कुनै पनि भागलाई प्रभावित गर्न सक्छन् । तपाईंको मिर्गौलादेखि तपाईंको मूत्राशय सम्म अक्सर, मूत्र एकाग्र हुन्छ जब पत्थर बनाउँछ, खनिजहरूलाई क्रिस्टलाइज गर्न र सँगै रहन्छ ।
धेरै बिरामीले ढुङ्गा खाएर नै पत्थरी बनेको भनेर सोच्ने गरेको पाइन्छ । तर यसो होइन । हामीले खाएको खाना पचिसकेपछि उत्पन्न हुने बाइप्रोडक्ट निस्कन्छ, त्यसको घनत्व हेरी ढुङ्गा बन्न सक्छ । हामीले खाएको सबै खाने कुराबाट पत्थरी बन्ने संभावना रहन्छ ।

मिर्गौलाको पत्थरीको प्रकार
सबै मिर्गौलाको पत्थरी एउटै क्रिस्टलबाट बनेको हुँदैन । मूलतः निम्न प्रकारका मिर्गौलाको पत्थरीहरू हुन सक्छन् ।
क्याल्सियम
क्याल्सियमको पत्थर सबैभन्दा सामान्य हो । तिनीहरू प्रायः क्यालिसियम अक्जालेटको हुन्छन् यद्यपि तिनीहरू क्याल्सियम फस्फेटको पनि हुन सक्छन ।

डा. शिवराज के.सी, वरिष्ठ प्याथोलोजिष्ट, काठमाडौं प्याथ ल्याब प्रा.लि.

उच्च अक्जालेट भएका खानेकुरा
– आलु चिप्स
-केराउ
– पालुङो
– चकलेट
यी खानेकुरहरु कम खानाले यस प्रकारको पत्थरी हुने सम्भावना कम हुन्छ । यद्यपि, मिर्गौलाको पत्थरी क्याल्सियमबाट बनेका हुन्छन् । तपाईंको आहारमा पर्याप्त क्याल्सियमले क्याल्सियम पत्थरी कम गराउँछ ।

युरिक एसिड
महिलाहरुको तुलनामा यो पत्थरी पुरुषमा बढी हुन्छ । उनीहरू गाउट भएका वा केमोथेरापी लिइरहेका व्यक्ति हुनसक्छन् । पिसाबमा धेरै अम्लीय भएपछि यस प्रकारको ढुङ्गा विकसित हुन्छ । आहारमा प्युरिन्सको मात्र धेरै भएमा पिसाबमा एसिड बढ्न सक्छ । प्युरिन माछा मासु आदिमा पाइन्छ ।

स्ट्राभाइट
यस प्रकारको पत्थर धेरै युरिनरी ट्रयाक इन्फेक्सन भएका महिलाहरुमा बढी हुने गर्छ । यस्ता पत्थरीले ठूलो भएर पिसाब नली बन्दी गराई पीडासमेत दिनसक्छ । पिसाबनलीको संक्रमणको उपचार गरे स्ट्राभाइट पत्थरको विकास रोक्न सकिन्छ ।

सिस्टाइन
सिस्टिनको पत्थर दुर्लभ हुन्छ । पुरुष र महिला दुवैमा बंशाणुगत कारणले पिसाबको मात्रा बढेर हुन्छ ।

मिर्गौलाको पत्थरीको कारक

५० बर्ष को उमेरमा मिर्गौलाको पत्थरी हुने अधिक संभावना रहन्छ । मधुमेह र पाचन रोग र मिर्गौलाका रोगले महिलाहरुको तुलनामा अधिक पुरुषहरुमा मिर्गौलाको पत्थरीको समस्या बढारहेको छ । पहिला पत्थरी भइसकेका व्यक्तिलाई पुन पत्थरी हुनसक्ने सम्भावना धेरै हुन्छ ।

 

जोखिम
– कम पानी पिउनु
– मोटोपना
– उच्च प्रोटीन आहार, नुन, वा ग्लूकोज
– हाइपरथायराइडको समस्या
– गैस्ट्रिक बाइपास सर्जरी
– बिभिन्न औषधिहरुको प्रयोग

लक्षण
– दायाँ बायाँ कोखा दुख्ने
– कोखाको दुखाई जाँघ तिर सर्दै जाने
– छिटो छिटो पिसाब लाग्ने
– पिसाब पोलेजस्तो हुने
– पिसाब बाक्लो तथा रातो हुने
– ज्वरो आउने
– वाक वाक लाग्ने
– पिसाबमा रगत देखिने
उल्लेखित लक्षण नदेखिएमा पनि पत्थरी हुनसक्छ । सामान्य व्यक्तिलाई सिटी स्क्यान गर्दा पनि पत्थरी भएको भेटिन्छ । पत्थरी भएर शरीर भित्र असर गरिरहेको हुन्छ । तर बाहिरी रुपमा थाहा हुँदैन ।

पत्थरी भएको सामान्य पिसाब र अल्ट्रा साउण्ड जाँच गरेर थाहा पाउन सकिन्छ । भिडियो एक्सरे गर्दा पानी टन्न खाएर पिसाबको थैली भरिएको अवस्थामा गर्नु राम्रो हुन्छ । भिडियो एक्सरेबाट मात्र सतप्रतिशत पत्थरी छुुट्टाउन सकिन्छ भन्ने छैन । लक्षण अनुसार सिटी स्क्यान पनि गर्नुपर्ने हुन्छ । तर यो महङ्गो प्रविधि भएकाले सबैको पहुँच नहुनसक्छ ।

उपचार
साधारण पत्थरी पानी तथा झोल पदार्थ बढी सेवन गर्दा र नियमित अभ्यास गर्दा आफैँ निस्कन सक्छ । यसरी निस्केको पत्थरलाई प्रयोगशालामा जाँच गरी यसको प्रकार पहिचान गर्नुपर्छ । पत्थरको प्रकृति हेरेर विभिन्न उपचार प्रक्रिया अपनाउनुपर्छ । जस्तैः लिथोट्रिप्सी, पिसीएनएल, मिनी पिसिएनएल प्रविधि आदि ।
यसरी निकालिएको पत्थरी जाँच गरी पत्थरीको प्रकार पहिचान गरेर खानपानमा विशेष ध्यान दिनुपर्छ । खानपानमा ध्यान पु¥याउन नसकेको अवस्थामा पत्थरी बन्ने सम्भावना हुन्छ ।
एकपटक उपचार गराइसकेका करीब २० प्रतिशतमा तीन, ३० प्रतिशतमा पाँच र ७० प्रतिशतमा २० वर्षभित्र पत्थरी दोहोरिन्छ । आकस्मिक शल्यक्रियाहरूमा एपेन्डिक्स सुन्निएको, आन्द्रा फुटेको र पित्तथैलीको पत्थरीपछि मिर्गौलाको पत्थरी कै हुन्छ ।
हाम्रो देशको अधिकांस प्रयोगशलामा पत्थरको संरचना पत्ता लगाउन वेट केमिकल मेथड प्रयोग गरिन्छ । उक्त विधिका आफ्नै कमी कमजोरी छन् ।

यसरी बिरामीको सुविधालाई लक्षित गरेर नक्सालस्थित काठमाडौं प्याथ ल्याबले एफटिआईआर—स्पेक्ट्रोस्कोपी प्रविधि नेपालमा भित्र्याएको छ । यो पद्धतिले पत्थरीको संरचना जाँच्दा पुरानो पद्धतिबाट आउने त्रुटि न्युन गर्न सकिन्छ । यो भरपर्दो पद्धति मानिएको छ ।

    Comment Here!