Logo
|
Friday 19th April 2024
Logo

epaper

मुटुको मुख्य धमनी च्यातिएका घाइतेको सफल शल्यक्रिया



चितवनमा भएको सवारी दुर्घटनामा परि ठुलो धमनि (एओर्टा ) च्यातिएका एक युवकको ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया सम्पन्न भएको छ ।
वरिष्ठ कार्डियोथोरासिस एवं भास्कुलर सर्जन डा.उत्तमकृष्ण श्रेष्ठको नेतृत्वमा चिकित्सकको टोलीले उक्त शल्यक्रिया गरेको हो । दुर्घटनमा परी ती युवकको मुख्य धमनी च्यातिएको थियो । शरीरमा रगत आपूर्ति गर्ने मुटुबाट ठूलो नली निस्किएको हुन्छ, त्यसलाई मुख्य धमनी (एओर्टा) भनिन्छ । दुर्घटनामा परी ती युवकको धमनी च्यातिएको थियो ।
डा. श्रेष्ठले दुई दशकको सेवा अवधिमा दुर्लभ शल्यक्रिया गरेको बताउनुभयो । २९ वर्षका ती युवक अहिले डिस्चार्ज भई आराम गरिरहेको अस्पतालले जनाएको छ ।
धमनी च्यातिएपछि अधिकांश घाइतेको घटनास्थलमै मृत्यु हुने गरेको छ । गत साउन १७ गते राती भएको सवारी दुर्घटनामा ती युवक गम्भीर घाइते भएका थिए । उनलाई हेलिकोप्टरबाट हस्पिटलमा ल्याई उपचार शुरु गरिएको थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले विश्वमै उपलब्ध नविनतम प्रविधिहरु र दक्ष चिकित्सकको टिम भएकाले शल्यक्रियामा सफलता पाइएको बताए । उहाँले भन्नुभयो—भारतमा भन्दा तीन गुणा कम खर्चमा उपचार गरिएको छ । ‘उपचारमा वाहिरी मुुलुक जान नपर्ने गरी स्वदेशमै जटिल शल्यक्रिया गरेर सकारात्मक सन्देश दिन चाहन्छौं ।’ —उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्