Logo
|
Saturday 20th April 2024
Logo

epaper

कालिमाटीमा तीनसय महिलाको निःशुल्क क्यान्सर परीक्षण



डा.पलक पौडेल माथेमा महिला समूहकी अध्यक्ष मीराभक्त माथेमाको स्वस्थ्य जाँच गर्दै

नेपाल अर्बुद रोग निवारण संस्थाको ३६ औ वार्षिकोत्सवको पूर्व सन्यामा कालिमाटीमा तीनसय भन्दा बढी महिलाहरुको पाठेघर र स्तन क्यान्सरको परिक्षण गरिएको छ ।
महिलाहरुको महान चाड तिजको अवसरमा माथेमा समाज महिला समूहको आयोजनामा गरिएको सो क्यान्सर परिक्षणमा दुईसय महिलाहरुको प्यापस्मेयर गरिएको थियो । अर्वुद रोग निवारण सस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ ‘इश्वर’ले सो स्वास्थ्य शिविरको उद्घाटन गर्दै गरिब र पैसा तिर्न नसक्ने महिलाहरुलाई भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि सहुलियत दिने बताउनुभयो । क्यान्सर विशेषज्ञ डा. पलक पौडेलको नेतृत्वमा भएको सो शिविरमा माथेमा समाज महिला समूहकी अध्यक्ष मीराभक्त माथेमा र महासचिव विमल होडाले शिविरले धेरै महिलाहरुको सम्भावित क्यान्सर पहिचानमा मद्धत पुगेको बताउनुभयो । अर्वुद रोग निवारण सस्थाको भोली हुने ३६ औ वार्षिकोत्सव उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्घाटन गर्दैहुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्