Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

अस्पतालका शैया अग्रिम बुकिङ !



४ वर्षकी छोरीलाई अस्पताल भर्ना गर्दा उनी ठूलै राहत पाएको महसुस गरिरहेका थिए। तर जुम्लाको सिंजाबाट आएका धनप्रसाद उपाध्याय एनआईसीयू (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा शड्ढया नभएपछि तनावमा देखिन्थे। उनले आकस्मिक उपचारकक्षमै ६ दिनको नवजातको उपचार गराइरहेका छन्। उपाध्यायले चिन्तित हुँदै भने, ‘दुई दिन भइसक्यो। शड्ढया मिलाइदिनुस् न भन्यो भने खाली छैन भन्ने रूखो जवाफ फर्काउँछन्।’ कान्ति बाल अस्पतालमा शड्ढया पाउन धौधौ भएपछि अभिभावकले अग्रिम बुकिङ गर्न थालेका छन्।

अस्पतालका ड्युटी अफिसर रमेशनरसिंह केसीका अनुसार भदौ २० गतेदेखि हालसम्म शड्ढया नपाएका बालबालिकाको संख्या दिनहुँ बढ्दै गइरहेको छ। गम्भीर बिरामी भएर आएका ५६ बालबालिकाका अभिभावकले अग्रिम बुकिङ गराएका छन्। एक महिनादेखि १४ वर्षसम्मका गम्भीर प्रकृतिका ४० जना बिरामी बालबालिकाका अभिभावकले पीआईसीयूमा शड्ढयाको बुकिङ गरेका छन्। भर्खरै जन्मेदेखि एक महिनासम्मका २४ जना नवजातका अभिभावकले पनि एनआईसीयूमा भर्नाका लागि अग्रिम नाम लेखाएका छन्।

कान्तिमा नवजात शिशुका लागि १६ वटा शड्ढया छन्। ती सधैं भरिएका हुन्छन्। एक महिनाभन्दा माथिका बालबालिकाका लागि १२ शड्ढया छुट्याइएको छ। अपरेसन गर्नुपर्ने बालबालिकाका लागि ७ शड्ढया छन्। बाँकी दुई शड्ढया आइसोलेसनका लागि छन्। जहाँ बेग्लै राखेर उपचार गर्नुपर्ने बिरामी बालबालिकालाई राखिन्छ। अस्पतालको बहिरंग कक्ष ओपीडीमा औसत ९ सय ५० जना बिरामी आउने गरेका छन्।

कान्ति अस्पतालले भर्ना गरेरै उपचार गर्नुपर्ने ५ जना बालबालिकालाई शड्ढया नभएको जनाउँदै सोमबार अन्यत्र रेफर गर्‍यो। यसअघि आइतबार ९ जनालाई रेफर गरेको थियो। तर पनि कान्ति अस्पतालमा बिरामी छोराछोरी च्यापेर आउनेहरू घटेका छैनन्। नागरिकलाई स्वस्थ्य बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने नारा लगाए पनि कागजमै सीमित भएको सन्देश देवकोटाले बताए। उनले भने, ‘केन्द्रीय बाल अस्पतालमा शड्ढया नपाएर निजी अस्पतालमा जान बाध्य हुनुपर्ने अवस्था छ। स्वास्थ्य सेवामा समान पहुँचको नारा खोक्रो हो।’

निजी अस्पतालभन्दा सुलभ र गुणस्तरीय उपचार सेवा दिने भएकाले बिरामीको चाप थेगिनसक्नु भएको अस्पतालका निर्देशक डा.गणेशकुमार राईले बताए। उनले भने, ‘सेवाग्राहीको चाहना र माग बढिरहेको छ। तर सरकारले लगानी भने बर्सेनि घटाइरहेको छ।’ अस्पतालमा दक्ष जनशक्ति, चिकित्सक, स्वास्थ्यकर्मी मात्र होइन बजेटको समेत अभाव रहेको उनको भनाइ छ। सरकारले गत आव २०७४/७५ का लागि अस्पताललाई २१ करोड ८४ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो। चालु आव २०७५/७६ का लागि १९ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ। उनी भन्छन्, ‘बिरामीको संख्या बढिरहेको छ। स्वास्थ्य उपकरण पनि पुराना छन् तर बजेट भने झन्झन् घट्दै छ। अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्