Logo
|
Tuesday 16th April 2024
Logo

epaper

भाँचिएको हड्डी जडानका लागि लकिङ कम्प्रेसन प्लेट प्रभावकारी बन्दै



ठूला एवं साना दुर्घटनामा परी भाँचिएका हात र खुट्टाका हड्डीहरुको सफल जडानका लागि लकिङ कम्प्रेसन प्लेट (पाता) प्रभावकारी बन्दै गएको छ । यो अस्टियोपोरोसिस बोन फ्याक्चरमा पनि प्रयोग गरिन्छ । जोर्नी नजिकै भाँचिएका हड्डीहरुलाई जस्ताको त्यस्तै जोड्न लकिङ कम्प्रेसन प्लेटको महत्वपूर्ण भूमिका रहन्छ । खासगरी पाखुरा र पाखुरा भन्दा मुनिको हड्डी, कुइनोको हड्डी भाँचिदा लकिङ कम्परेशन प्लेट र स्क्रिउ लगाएर हड्डी जोड्ने गरिन्छ ।
यो सेवालाई अझ व्यापक बनाउन नेपालमा गत मे महिनामा लकिङ कम्प्रेसन प्लेटसम्बन्धि एक दिने अर्थोपेडिक कार्यशाला गोष्टी गरिएको थियो । भारतका अर्थोपेडिक विशेषज्ञहरुको समेत सहभागिता रहेको सो गोष्टीमा करिब ४० जना नेपाली अर्थोपेडिक विशेषज्ञको सहभागिता रहेको थियो । सो अवसरमा अर्थोपेडिक अध्ययन गरिरहेका डाक्टरहरुलाई प्रयोगात्मक क्रियाकलापबाट प्लेट र स्क्रिउ कस्ने अभ्यास गराइएको थियो । उनीहरुले प्लेट र स्क्रिउ कुन ठाउँमा कसरी लगाउने भन्नेबारे प्रयोगात्मक ज्ञान प्राप्त गर्न सफल भएको वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक डा. प्रविन नेपालले जानकारी दिनुभयो ।
हिमालय मेडिटेक (एचएमटी) को प्रायोजनमा भएको सो गोष्ठीमा सहभागी डाक्टरहरुले भरेको फिडब्याक फर्ममा उनीहरुले फेरि पनि सिक्न पाइयोस् भन्ने धारणा व्यक्त गरेका थिए ।
लकिङ कम्प्रेसन प्लेटले पुरानो कन्भेन्सनल प्लेटको पनि काम गर्दछ । पहिला यो प्रविधि थिएन तर आजभोलि लकिङ कम्प्रेसन प्लेटमा दुइ ओटा लक गर्न मिल्ने एवं दुइओटा फ्याक्चर हड्डीलाई एकै ठाउँमा जोड्ने विशेषता रहेको छ । यसले हड्डीलाई स्टेबल बनाउन मद्धत गर्छ । यदि हड्डी धेरै टुक्रा भएर भाँचिएको छ भने प्लेट र स्क्रिउ प्रयोग गर्नुपर्छ । भाँचिएको हड्डीको तल्लो र माथिल्लो भागलाई जोडेर बीचको भागलाई त्यतिकै छोडेमा छिटो जोडिन्छ भन्ने सिद्धान्त छ । डा.प्रविनका अनुसार, फ्याक्चर व्यवस्थापन गर्न भाँचिएको हड्डी जोड्ने प्रक्रिया सहि ढंगले गरेको खण्डमा फेलियर न्युनिकरण गर्न सकिन्छ । राम्रो ढंगले जोडिएन भने प्लेट स्क्रिउ सुस्किन सक्छ । त्यसैले यस बारेमा ज्ञान हाँसिल गरेमा समस्या घटेर जाने विश्वास लिइएको छ ।

मेट्रोनिक प्लेटका विशेषता
– मेट्रोनिक प्लेट लगाएका बिरामीको एमआरआई गर्दा कुनै समस्या हुँदैन ।
– यो शरीरको हड्डीको आकारमा हुने भएकाले बिरामीलाई कुनै समस्या हुँदैन ।
– शरीरबाट लामो समयसम्म ननिकाल्दा पनि यसले कुनै असर गर्दैन ।
– यो पूर्णरुपमा टाइटानियम धातुले बनेको हुन्छ ।

मेट्रोनिकको भोरिलक प्लेटको विशेषता
यसमा ५ वटा प्रकारको स्क्रु राख्न मिल्छ । एउटा स्क्रु १० डिग्री एंगलमा राख्न सकिन्छ । छड्के गरेर पनि लक गर्न सकिने भएकाले अफ्ट्यारो ठाउँमा भाँचिएको हड्डी पनि सजिलै राख्न सकिन्छ । बिरामीको शरीरको सेप अनुसार हुने भएकाले बिरामीलाई सजिलो हुन्छ । यो पूर्ण रुपमा टाइटानियम धातुले बनेको हुनाले धेरै लामो समयसम्म शरीरमा राख्न सकिन्छ । त्यसैले यो बुढाबुढीहरुका लागि प्रभावकारी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्