Logo
|
Saturday 20th April 2024
Logo

epaper

बुढानिलकण्ठमा २३८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण



काठमाडौंको बसुन्धारास्थित चिरायु नेशनल अस्पतालले बुढानिलकण्ठमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३८ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविरमा महिलाहरु १ सय ३७ र पुरुष १ सय १ जना रहेका थिए ।
बुढानिलकण्ड नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा भएको सो शिविरमा ग्याँस्ट्रिक, ढाडको दुखाई, न्युरोलोजिकल दुखाई, घुँडाको दुःखाई, दम, मधुमेह, उच्चरक्तचाप एवं छाला जाँचसम्बन्धि सेवा प्रदान गरिएको थियो । शिविरमा डा. आशिष अधिकारी, डा. सरोज अधिकारी, डा. विजिता खड्कालगगायतका चिकित्सकले चिकित्सकीय सेवा प्रदान गर्नुभएको थियो । शिविरमा समस्या देखिएका बिरामीलाई चिरायुमा सहुलियत दरमा उपचार गरिने चिरायु नेशनल हस्पिटलका अपरेशन डाइरेक्ट चण्डश्वर वैद्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्