Logo
|
Thursday 25th April 2024
Logo

epaper

अर्थोस्पाइन र न्युरोस्पाइनमा भ्रम ?




प्रा.डा. पोखरेलले सन् १९९९ देखि हालसम्म करिब २ हजार ५ सय भन्दा बढी स्पाइनको सर्जरी गरिसक्नुभएको छ ।
स्पाइनसम्बन्धि उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीहरुमा अर्थोस्पाइन सर्जन वा न्यूरो स्पाइन सर्जन कोसँग उपचार गर्ने भन्ने द्धिविधा भएको पाइन्छ । तर अर्थोस्पाइन होस् वा न्यूरो स्पाइन जो भएपनि केही फरक पर्दैन । दुवैको एउटै उद्देश्य हुन्छ सम्बन्धित बिरामीलाई समस्याबाट मुक्त गराउने । दुवैको विशेषता पनि स्पाइनसम्बन्धि नै हुन्छ ।
अर्थोस्पाइन सर्जनले हड्डीको टिस्युलाई राम्रोसँग ह्यान्डलिङ गर्न सक्छ भने न्युरो स्पाइन सर्जनले नसाको सफ्ट टिस्युलाई राम्रोसँग ह्यान्डलिङ गर्न सक्छ । त्यसकारण दुवै विधाका सर्जनलाई एकै ठाउँमा राखेर तालिम उपलब्ध गराएमा सिपको आदान प्रदान गर्न अझ सहज हुने देखिन्छ ।

‘‘न्युरो सर्जरीबाट स्पाइनको सर्जरी गर्न आएका डाक्टरलाई न्युरो स्पाइन सर्जन भनिन्छ भने अर्थोपेडिक सर्जरीबाट आएका डाक्टरहरुलाई अर्थोस्पाइन सर्जन भनिन्छ । दुवैले गर्ने एउटै उपचार विधि हो । यसमा भ्रमित हुन जरुरी छैन ।’’

स्पाइनलका केसहरुमा प्रायः रुख र भिरबाट लडेर, सडक दुर्घटना, चोटपटक, स्पाइनको क्षयरोग, ट्युमर, बाथ, सियाटिका, उमेर र बाथकोे कारण स्पाइनमा समस्या लिएर बिरामीहरु आउने गरेका छन् ।
कुप्रो किन भइन्छ ?
यसलाई ओस्टियोपोरोसिस स्पाइन भनिन्छ । मेरुदण्डमा कुरकुरे हड्डी, इन्टभटे«बल डिस्क हुन्छ । उमेर बढ्दै जाँदा मेरुदण्डको हड्डीहरु नरम हुँदै जाने भएकाले यो बिस्तारै झुक्दै जान्छ । यसरी कुप्रो परेको स्पाइनलाई सिधा बनाउनसकिन्छ ।

प्रतिक्रिया दिनुहोस्