Logo
|
Tuesday 16th April 2024
Logo

epaper

स्वास्थ्य तथा शिक्षा समितिको सभापतिमा घर्ती



 

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।

समितिको आजको बैठकले उहाँलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो ।

घर्तीको उम्मेदवारीको प्रस्तावकमा योगेशकुमार भट्टराई र समर्थकमा अन्जना बिशङ्खे रहनुभएको थियो । समितिको ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माको अध्यक्षतामा आज समितिको बैठक बसेको थियो ।

बैठकमा प्रस्तावक सांसद भट्टराईले कुशल र परिपक्व राजनीतिक नेतृत्व समितिको सभापतिका रुपमा घर्तीलाई पाएको बताउनुभयो । प्रस्तावकका समर्थक सांसद बिशङ्खेले नेपाली राजनीतिमा शालीन व्यक्तित्वका रुपमा सभापति घर्ती परिचित हुनुहुन्छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्