Logo
|
Thursday 25th April 2024
Logo

epaper

सालु रामेछापमा मिर्गौला जाँच्ने क्लिनीक संचालन हुने



रामेछाप जिल्लाको सालुमा मिर्गौला जाँच्ने क्लिनिक सञ्चालन हुने भएको छ । मालश्री काफ्ले मेमोरियल ट्रष्ट, काठमाडौँको सहयोगमा सो क्लिनिक सञ्चालनमा आउने भएको हो ।
मिर्गौला बचाऔँ अभियानका संयोजक तथा बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले सालु रामेछापमा मिर्गौला जाँच्ने क्लिनीक सहित जनरल स्वास्थ्य सेवा सञ्चालन गर्ने बताउनुभयो ।
मालश्री काफ्ले मेमोरियल ट्रष्ट काठमाडौँले मन्थली नपा २ सालु रामेछापमा सञ्चालित सेतीदेवी उच्च माध्यमिक विधालयमा अध्ययनरत विधार्थीहरुलाई मालश्री छात्रवृत्ति, मालश्री अवार्ड तथा एसइइ उत्तीर्ण विधार्थीहरुलाई अभिनन्दन कार्यक्रममा उहाँले जानकारी दिनुभएको हो ।
रामेछापको सालुमा जन्मी ५ कक्षा सम्म सोही स्कुलमा पढ्नुभएका नेपालका बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले छोरी मालश्री काफ्लेको सम्झनामा मालश्री काफ्ले मेमोरियल ट्रष्ट खोल्नुभएको हो । ट्रष्टले रामेछापका विभिन्न स्कुलका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति रकम, रामेछाप बजार तथा गोठगाउँमा एम्बुलेन्स वितरण, नेपालका विभिन्न ठाउँहरुमा निःशुल्क स्वास्थ्य कार्यक्रम तथा बालबच्चा तथा बृद्धबृद्धालाई निःशुल्क भोजन सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्