Logo
|
Thursday 25th April 2024
Logo

epaper

डा. केसी फेरि अनशन बस्ने



 चिकित्सा शिक्षामा सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीले अर्को अनशन गर्ने चेतावनी दिएका छन् ।

 

व्यवस्थापिका संसदको बर्खे अधिवेशनमा चिकित्सा शिक्षा विधेयक पारित नगरेपछि डा. केसी रुष्ट हुँदै फेरि अनशन गर्ने चेतावनी दिएका हुन् ।

बिहीबार उनले प्रेस विज्ञप्ति जारी गर्दै संसदको यही अधिवेशनले विधेयक पारित गर्नुपर्ने भन्दै असन्तुष्टि जनाएका हुन् । जब कि, सरकारले डा. केसीसँग विधेयक पारित गर्ने सहमति प्रतिवद्धता जनाइसकेको थियो ।

संसदको बर्खे अधिवेशन बिहीबार नै सम्पन्न भइसकेको छ । डा. केसीले सरकारको आलटाल गर्ने मनशाय देखेपछि १६ औं पटक अनशन गर्ने चेतावनी दिएका हुन्। अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्