Logo
|
Saturday 20th April 2024
Logo

epaper

विश्व मुटु दिवसमा बी एण्ड बी अस्पतालको वाकाथोन



ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालले वाकाथोन कार्यक्रम गरेको छ । विश्व मुटु दिवस २९ सेम्टेम्बर २०१८ का दिन अस्पताल मुटु विभागले ‘हाम्रो प्रण, स्वस्थ्य मुटु’ भन्ने मुल नाराका साथ सो वाकाथोन कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बी एण्ड बी अस्पतालका अध्यक्ष एवं वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक प्रा.डा. अशोकुमार बाँस्कोटा, प्रवन्ध निर्देशक एवं वरिष्ठ युरो सर्जन डा. जगदीश लाल बैद्य, मुटु विभागका प्रमुख एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. दीपक कुमार मिश्रालगायत अस्पतालका चिकित्सक, नर्स, पारामेडिक्स, अस्पताल कर्मचारीलगायत सयौंको सहभागिता रहेको थियो । ग्वार्कोबाट शुरु भएको वाकाथोन सातदोवाटो, मंगलबजार, जावलाखेर पुगी पुनः अस्पताल फर्किएर मुटुसम्बन्धि जनचेतनामुलक अन्तक्रियामा सहभागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्