Logo
|
Saturday 20th April 2024
Logo

epaper

स्टार हस्पिटल र बैँक अफ काठमाडौँ बिच सम्झौता



ललितपुरको सानेपा स्थित स्टार हस्पिटल र बैँक अफ काठमाडौँ बिच सहकार्य गर्ने सम्झौता भएको छ । स्टार हस्पिटलको तर्पmबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा बैँक अफ काठमाडौँका तर्फबाट बैँकको रिसर्च प्रोडक्ट डेभलपमेन्ट तथा मार्केटिङ्ग विभाग प्रमुख रितेश लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार स्टार हस्पिटलले बैँक अफ काठमाडौँका ग्राहकहरुलाई उपचार खर्चमा १५% सम्म छुट प्रदान गर्ने भएको छ । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैँकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्ने छ ।

साथै यहि असोज १५ बाट लागू हुने गरी अस्पतालले “सुख, शान्ती, समृद्धी तथा सु–स्वास्थ्यको बहार, स्टारले ल्यायो हेल्थ प्याकेज मा छुटै छुटकोे उपहार” भन्ने नाराका साथ नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी आकर्षक छुट प्रदान गर्दै “स्टार फेस्टिभ अफर–हेल्थ प्याकेज” संचालन गरिरहेको अस्पतालका व्यवस्थापक हरि ढकालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्