Logo
|
Tuesday 16th April 2024
Logo

epaper

चिकित्सा शास्त्र नोवेल पुरस्कार : अमेरिकाका एलिसन र जापानका होन्जोलाई



 

क्यान्सरमाथिकाे रिसर्चलाई नोवेल पुरस्कार

वासिङ्टन : सन् २०१८ को चिकित्सातर्फको नोवेल पुरस्कार अमेरिकाका जेम्स पी एलिसन र जापानका ताकुसु होन्जोलाई प्रदान गरिएको छ ।

शरिरमा क्यान्सर रोगको प्रतिरोधात्मक क्षमताको क्षेत्रमा दुई वैज्ञानिकले पाएको उपलब्धिको सम्मान गर्दै उनीहरुलाई यस वर्षको पुरस्कार दिइएको हो ।

क्यान्सर रोग उपचारको इतिहासमै एक फड्को मार्न सकेको भन्दै उनीहरुको नाममा सोमबार पुरस्कार घोषणा भएको हो । भिन्दा भिन्दै तवरले कार्यरत डाक्टरद्धय एलिसन र होन्जोले विकास गरेको उपचार विधिलाई नोवेल पुरस्कार छनोट समितिले ‘क्यान्सर थेरापीमा संसारकै एक नयाँ सिद्धान्त’ भन्दै प्रसंसा गरेको छ ।

७६ वर्षका डा. होन्जो जापानको क्योटो विश्वविद्यालयमा लामो समयदेखि प्रध्यापन क्षेत्रमा सक्रिय छन् । यसअघि उनले ओसाका विश्वविद्यालय, टोक्यो विश्व विद्यालय र ‘नेश्नल इन्स्टिच्युट अफ हेल्थ वासिङ्टन’मा अनुसन्धाताको रुपमा कार्यरत थिए । ७० वर्षीय डा. एलिसन टेक्सास एमडी क्यान्सर सेन्टरमा इम्युनोलोजी विभागका प्रमुख हुन्। अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्