Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालमै पहिलो पटक गन्धर्व वेद एवं राग चिकित्सासम्बन्धी कार्यक्रम सम्पन्न



गत साता बुधबार कीर्तिपुरमा गन्धर्व वेद एवं राग चिकित्सासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन आयुर्वेद क्याम्पसद्धारा आयोजित सो कार्यक्रममा चिकित्सकहरूले संगीत चिकित्सामा अन्तरक्रियाका साथै संगीतकारहरूद्वारा विभिन्न किसिमका रागहरूको समेत प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा. जगदीश प्रसाद अग्रवालले आयुर्वेदमा भएको यस किसिमको चिकित्सा पद्धतिबारेमा आफू अनविज्ञ रहेको बताउनुभयोे । उहाँले आयुर्वेदलाई प्रोत्साहन गर्न राज्य तयार हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै बरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोईरालाले संगीत चिकित्सामार्फत आफुले पनि थुप्रै किसिमका मनोवैज्ञानिक, हर्मोनल लगायतका समस्याहरूको उपचार गरेको उदाहरणहरू प्रस्तुत गर्नुभयो ।
नेपालकी प्रथम आयुर्वेदिक प्रसुती र स्त्री रोग विशेषज्ञ डा. सरिता श्रेष्ठले पनि संगीत चिकित्सामार्फत विभिन्न रोगहरूको कसरी सफल उपचार गर्न सकिन्छ भन्ने विषयमा आफ्नो अनुभव सुनाउनुभयो ।

त्यसैगरी बरिष्ठ योग विशेषज्ञ डा. बिनोद घिमिरेले राग चिकित्सासम्बन्धि हालसम्म भएका अनुसन्धानहरू र त्यसका वैज्ञानिक आधारहरू प्रस्तुत गर्दै रागचिकित्सा र आयुर्वेदको संयोजन मार्फत रोगहरूको सफल उपचार गर्नसकिने सम्भावना प्रस्तुत गर्नुभयो ।

नेपालमै प्रथम पटक आयोजित यस कार्यक्रममा झण्डै १५० जना सहभागीता रहेको थियो । तबला बादक अच्युतराम भण्डारी र बासुरी वादक दुर्गाप्रसाद खतिवडाले राग यमन, भैरव, आनन्द भैरवी, दरवारी कान्दाह, मार्वा लगायत विभिन्न किसिमका रागहरू बजाउनुभएको थियो ।
स्वतन्त्र विद्यार्थी युनियन आयुर्वेद क्याम्पसका कार्यवहाक अध्यक्ष डा. प्रशान्त बस्नेतले स्वतन्त्र विद्यार्थी युनियनले आगामी दिनहरूमा पनि यस किसिमको कार्यक्रमको निरन्तरता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आयुर्वेदमा लुकेका पद्धतिहरूको अन्वेषण, अनुसन्धान गर्ने जिम्मेवारी अब नँया पुस्ताको भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्