Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल मेडिसिटी र करुणा फाउण्डेसन् बीच विशेष सम्झौता



ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी र करुणा फाउण्डेसन् बीच विशेष सम्झौता भएको छ ।

नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र करुणा फाउण्डेसनको तर्फबाट कमनीटरीङ्ग एण्ड इभयालुएसन विभागकि सिनियर अफिसर रुपा सिवाकोटीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

स्वतन्त्र स्थानिय संस्था (इन्डिपेन्डेन्ट लोकल अर्गनाइजेसन) करुणा फाउण्डेसन्का कर्मचारीको उपचारार्थ नेपाल मेडिसिटीसँग विशेष सम्झौता गरिएको छ ।
अस्पतालका महाप्रबन्धक विजय रिमालले अपाङ्गता भएकाहरुका लागि काम गर्दै आइरहेको संस्थासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्नुभएको छ । विशेष सहुलियतका साथ करुणा फाउडेसनका झण्डै ४० कर्मचारीको उपचार गर्ने सहमति भएको छ ।

समाजिक कार्यमा क्रियाशील यस संस्थाका कर्मचारीको स्वस्थ जीवन प्राथमिकतामा रहने भएकाले यस किसिमको सम्झौता गरेको सिवाकोटीले बताउनुभयो । नेपालकै उत्कृष्ट अस्पतालसंग सहकार्य गर्न पाएकोमा गुणस्तिरिय स्वासथ्य सेवा प्राप्त गर्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्